पोखरा । मुलुककै ठूलो पोखरा महानगरपालिकाको चौथो नगरसभाले आठ विधेयक र एक आचारसंहिता बहुमतले पारित ग¥यो ।चौथो नगर सभामा छलफल पश्चात्त पारित भएका विधेयक राजपत्रमा प्रकाशित भएर नगरप्रमुखले प्रमाणित गरेपछि स्थानीय कानुनको रुपमा लागु हुनेछ ।
विधायन समितिका संयोजक समेत रहेका वडा १९ का अध्यक्ष शोभामोहन पौडेलले पेस गरेको विधेयकमाथि नगरसभासद्हरुबाट प्राप्त सुझाव सहित संशोधन गरिसबै विधेयक पारित भए । सभाबाट आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने, खेलकुद विकास, नगर प्रहरी, पर्यटन विकास, पूर्वाधार व्यवस्थापन, सुशासन, आर्थिक ऐन, सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भयो भने महानगरका पदाधिकारी र कर्मचारी आचारसंहिता पारित भयो ।
सभाबाट यसअघि प्रमाणिकरण भइसकेको शिक्षा ऐनमा समेत केही संशोधन गरिएको थियो । जनप्रतिनिधि चुनिएको १९ महिनाको बीचमा पोखरा महानगरले दुई पटक बजेट अधिवेशन र दुई पटक हिउँदे नगरसभा सम्पन्न गरिसकेको छ । गत चैत २८ गते सम्पन्न दोस्रो नगर सभाले ४३ वटा विभिन्न ऐन, कार्यविधि, नियमावली, निर्देशिका निर्माण गरेको थियो।
नगरप्रमुख मानबहादुर जिसीको अध्यक्षतामा सम्पन्न नगरसभा भएको थियो ।
यसैगरी, चौथों नगरसभाले कांग्रेसबाट निर्वाचित वडा नम्बर २७ का अध्यक्ष पूर्णकुमार गुरुङको संयोजकत्वमा ५ सदस्यीय सार्वजनिक लेखा समिति गठन गरेको छ। समितिको सदस्यमा वडा ११ का अध्यक्ष मोहन बाँस्तोला, वडा २६ का अध्यक्ष नारायणप्रसाद बराल, वडा २९ का अध्यक्ष चेतबहादुर गुरुङ, वडा ६ की दलित महिला सदस्य राममाया विक छन्।
सम्बन्धित खबर
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’