पोखरा । मुलुककै ठूलो पोखरा महानगरपालिकाको चौथो नगरसभाले आठ विधेयक र एक आचारसंहिता बहुमतले पारित ग¥यो ।चौथो नगर सभामा छलफल पश्चात्त पारित भएका विधेयक राजपत्रमा प्रकाशित भएर नगरप्रमुखले प्रमाणित गरेपछि स्थानीय कानुनको रुपमा लागु हुनेछ ।
विधायन समितिका संयोजक समेत रहेका वडा १९ का अध्यक्ष शोभामोहन पौडेलले पेस गरेको विधेयकमाथि नगरसभासद्हरुबाट प्राप्त सुझाव सहित संशोधन गरिसबै विधेयक पारित भए । सभाबाट आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने, खेलकुद विकास, नगर प्रहरी, पर्यटन विकास, पूर्वाधार व्यवस्थापन, सुशासन, आर्थिक ऐन, सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भयो भने महानगरका पदाधिकारी र कर्मचारी आचारसंहिता पारित भयो ।
सभाबाट यसअघि प्रमाणिकरण भइसकेको शिक्षा ऐनमा समेत केही संशोधन गरिएको थियो । जनप्रतिनिधि चुनिएको १९ महिनाको बीचमा पोखरा महानगरले दुई पटक बजेट अधिवेशन र दुई पटक हिउँदे नगरसभा सम्पन्न गरिसकेको छ । गत चैत २८ गते सम्पन्न दोस्रो नगर सभाले ४३ वटा विभिन्न ऐन, कार्यविधि, नियमावली, निर्देशिका निर्माण गरेको थियो।
नगरप्रमुख मानबहादुर जिसीको अध्यक्षतामा सम्पन्न नगरसभा भएको थियो ।
यसैगरी, चौथों नगरसभाले कांग्रेसबाट निर्वाचित वडा नम्बर २७ का अध्यक्ष पूर्णकुमार गुरुङको संयोजकत्वमा ५ सदस्यीय सार्वजनिक लेखा समिति गठन गरेको छ। समितिको सदस्यमा वडा ११ का अध्यक्ष मोहन बाँस्तोला, वडा २६ का अध्यक्ष नारायणप्रसाद बराल, वडा २९ का अध्यक्ष चेतबहादुर गुरुङ, वडा ६ की दलित महिला सदस्य राममाया विक छन्।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार