तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं १३ टुटेपानीमा सञ्चारिका समुह नेपाल तनहुँ शाखाले फिचर लेखन तालिम सम्पन्न गरेको छ । तनहुँका पत्रकारहरुलाई खोज पत्रकारिता सम्बन्धि फिचर लेखन तिन दिने तालिम आइतबार सम्पन्न भएको हो । तालिममा जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्ध १८ जना पत्रकारहरु सहभागी थिए ।
महिला पत्रकार संगै पुरुष पत्रकारहरुको संख्यात्मक मात्र नभई गुणात्मक वृद्धिका लागि सञ्चारिका समूहले तालिम आयोजना गरेको सञ्चारिका समूहकी अध्यक्ष सन्तोषी श्रेष्ठले बताइन । स्थलगत रिपोर्टिङ गर्दै सिक्ने वातावरण सिर्जना गर्न तथा ग्रामीण पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने उद्देश्यले जिल्लाको पर्यटकीय स्थल टुटेपानिमा तालिम आयोजना गरिएको श्रेष्ठले बताइन ।
कार्यक्रमको उद्घाटन गर्दै भानु नगरपालिका उपप्रमुख आशा थापाले स्रोत अभावको कारण महिला पत्रकारहरु क्षमता तथा दक्षता अभिवृद्धिका लागि अपेक्षित सहयोग गर्न नसकेको बताइन् । साथै नगरपालिकाले पर्यटन प्रवर्द्धनको समग्र गुरुयोजना बनाएर अघि बढेको उनको भनाइ थियोे । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले समाजका लुकेका कुरा बाहिर ल्याउनु पत्रकारहरुको प्रमुख दायित्व भएको बताए । समाचारले समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने हुँदा सत्य, तथ्य समाचार मात्र सम्प्रेषण गर्न उनले आग्रह गरे । भानु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले सञ्चारिकाको तालिमले भानु क्षेत्रको पर्यटकीय सम्भावनाको उजागरमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै समापन कार्यक्रमका प्रमुख अतिथि भानु नगरपालिकाका मेयर उदयराज गौलीले पत्रकार राज्यको चौथो अंग भएकाले क्रियाशील भएर लाग्नु पर्ने बताए । उक्त तालिमको समापन गर्दै भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले प्रचार प्रसारको अभावमा ओझेलमा परेको यस क्षेत्रलाई प्रचार प्रसार गरी प्रवर्द्धनमा टेवा पुर्याउन सञ्चारकर्मीहरुसंग आग्रह गरेका थिए ।
सहभागीहरुलाई पहिलो दिनमा द हिमालन टाइमसका पोखरा ब्युरो प्रमुख भरत कोइरालाले समाचार, सम्पादन र भाषाका विषयमा र सञ्चारिका समूह गण्डकी प्रदेश निवर्तमान अध्यक्ष जमुना शर्माले खोज पत्रकारिता के ? किन ? र कसरी भन्ने सम्बन्धमा प्रशिक्षण दिएका थिए । त्यस्तै दोश्रो दिन द हिमालन टाइमसका पोखरा ब्युरो प्रमुख भरत कोइराला, सञ्चारिका समूह गण्डकी प्रदेश निवर्तमान अध्यक्ष जमुना शर्मा, अन्नपुर्ण पोस्टका गण्डकी प्रदेश ब्युरो प्रमुख केशवशरण लामिछाने र कान्तिपुर दैनिकका गण्डकी प्रदेश ब्युरो प्रमुख भीम घिमिरे फिचर लेखन सम्बन्धि प्रशिक्षण दिएका थिए । त्यस्तै तालिमको अन्तिम दिन राम्रो फिचर कसरि लेख्ने सम्बन्धि प्रशिक्षण दिएका थिए ।
तालिममा तालिम संगै फिल्ड भिजिट लाई समेत संग-संगै महत्व दिइएको थियो । तालिम अवधिमा ठुल्ढुङ्, पुलिमर्याङ्ग र मिर्लुङ्गकोटमा स्थलगत अवलोकन संगै रिपोर्टिङ गरिएको थियो ।
कार्यक्रमलाई सफल बनाउन भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, बन्दिपुर गाउँपालिका, वरिष्ठ लोक गायक एवम् मेरिल्याण्ड तथा पेनसेल्भेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा महत, तनहुँ समाज यु.केका अध्यक्ष लेख गुरुङ, तनहुँ समाज हङकङ, माछापुच्छ्रे बैंक दमौली शाखा, दिपज्योती ग्राफिक्स लगाएतले सहयोग गरेका थिए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी