पोखरामा अनवरत १५ वर्षदेखि वैदेशिक शिक्षा सम्बन्धमा परामर्श प्रदान गर्दै आएको किङ्स इन्स्टिच्यूटले पुनः जापानी भाषा कक्षा सुरु गरेको छ ।
यहाँको भरपर्दो र विश्वासिलो संस्थाका रुपमा पूरानो ब्राण्ड कायम गरेको किङ्सले सरकारले वर्किङ भिसामा जापानमा कामदार लैजाने भएपछि जापानिज भाषाका कक्षा थप गरेको हो । स्थापनादेखि एकै ठाउँ महेन्द्रपुलमा रहेर विशेषतः अष्ट्रेलिया सहित यूएस, यूके, न्यूजिल्याण्ड र जापान उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई किङ्सले परामर्शका साथ भिसा प्रक्रियामा सहयोग गर्दै आएको छ ।
किङ्सकी म्यानेजिङ डिरेक्टर रश्मि अधिकारीले जापान जान इच्छुक कामदार र विद्यार्थी दुबैलाई लक्षित गरि भाषामा अब्बल बनाउन पुनः जापानिज भाषा तयारी कक्षा सुरु गरेको जनाईन् । जापानमा मुख्य कुरा नै भाषा भएकाले सरकारले वर्किङ भिसामा लैजाने बताएसँगै जापानिज भाषामा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिने गरी व्यवस्था मिलाएको उनले सुनाईन् ।
‘हामी कहाँ आउँने भाषाका विद्यार्थी सफल भए हामी सफल हुन्छौं,’ उनले भनिन् ‘त्यही नै हाम्रो सफलता हो । हामी विद्यार्थीलाई शतप्रतिशत भाषामा उत्तीर्ण गराउने गरी तयारी गर्छौं ।’ आउँदो अप्रिलदेखि जापानमा काम गर्न जानेका लागि निवेदन फाराम खुल्ने बताइन्छ । कामको लागि जापान जान पाउने अवसर सरकारी तबरबाट नै भएपछि जापानी भाषा सिक्न खोज्नेको संख्या बढेको छ। उनीहरुलाई अनुभवी प्रशिक्षकबाट भाषा तयारी कक्षा सञ्चालन गर्न किङ्सले सेवा थप गरेको जनाएको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार