मनाङमा कोसेली घर

मनाङमा कोसेली घर

IMG_0039

नेगम परियार, मनाङ । हिमाली जिल्ला मनाङमा कोसेली घर सञ्चालनमा आएको छ । मनाङ जिल्लाको सदरमुकाम चामे गाउँपालिका वडा नं.४ स्थित घर भाडामा लिई कोसेली घरको सञ्चालन गरिएको हो ।

राष्ट्रिय युवा परिषद मार्फत जिल्ला युवा समितिको कार्यालय मनाङको ऋण हयोगमा २०७५ असोज १ गतेबाट सञ्चालनमा ल्याएको हो । तिलिचो किराना पसल साझेदारी फर्म समुहले उक्त कोसेली घर सञ्चालन गरेको तिलिचो किराना पसल साझेदारी फर्म समुहका सचिब सृजना रानाले बताईन । रानाका अनुसार हाल तिलिचो किराना पसल साझेदारी फर्म समुहमा ६ जनाको समुह बनाई राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि.चामे मनाङको सहकार्य रहेको रानाले बताईन ।

राष्ट्रिय युवा परिषद मार्फत जिल्ला युवा समितिको कार्यालय मनाङका ५ लाख रुपैँयाको ऋण सहयोगमा कोसेली घरको स्थापना गरि सञ्चालनमा आएको हो । ५ लाख रुपैँया मध्य हाल भने जम्म २ लाख रुपैँयाको मात्र लगानी गरि सुरु गरिएको छ , बिस्तारै यस कोसेली घरलाई पुरा लगानी गरी साथै लगानी थप गरि ब्यबस्थीत बनाउने तिलिचो किराना पसल साझेदारी फर्म समुहका अध्यक्ष सेरप गुरुङले बताए । साथै एक कर्मचारी समेत राखी आफनै पसल घर बनाई कोसेले घरको सञ्चालनमा ल्याउने समेत गुरुङले बताए ।

मनाङ जिल्लाको लोकल उत्पादनलाई प्रबद्धन तथा बिक्रि बितरण गर्ने यस कोसेली घरको मुख्य उदेश्य रहेको संस्थाका सचिब सृजना रानाले बताईन । जिल्ला भित्र उत्पादित फापर, फापरको पिठो, जिम्मु, टिमुर, करु, स्याउ, च्याउ, आलु लगायतका तरकारी , फलफुल एवं अन्य स्थानीय उत्पादनहरु सुपथ मुल्यमा बिक्रि गरि आर्थिक तथा सेवा मुलक कार्यको लागी यस कोसेली घरको स्थापना गरिएको रानाले बताईन ।

सो कोसेली घरले जिल्लामा उत्पादित बस्तुहर सथानिय ब्यक्तिहरुसंग खरिद गरि बाहिय तथा आन्तरिक पर्यटक लगाएत जिल्लामा कार्यरत कर्मचारी, प्रहरी, नेपाली सेना लागएतका ब्यक्तिहरुले उपभोगको लागी साथै मनाङको कोसेलीको रुपमा घर लैजाने गरेको समेत रानाले बताईन । संस्थाले आफै स्थानियहरुकोमा गई उत्पादित सामग्री खरिद गर्नुको साथै स्थानिय पनि जिल्लामा उतपादन भएको, साथै आफनै घरमा उत्पादन भएका सामाग्रीहरु बिक्रि गर्न समेत आउने गरेको संस्थाका सचिब सृजना रानाले बताईन ।

मनाङको कोसेलीको रुपमा घर लैजान तथा लोकाल उत्पादित सामाग्री उपभोगको लागी स्थानियको घर घर डुलेर हिडनु पर्ने समस्या हटेको साथै समयको पनि बचत भएको जिल्ला प्रहरी कार्यालय चामेमा कार्यरत तथा कोसेली घरका ग्राहक भोजु रुचालले बताए । चाहिएको बेलामा आउने चाहिएको सामाग्री लिने जाने , धेरै सहज भएको रुचालले भने । हाल उक्त कोसेली घर समितिका सदस्यहरुबाट नै सञ्चालन गरिरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ