पोखरा, १९ माघ । जन आन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति कास्कीको चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले आगामी २ वर्षे कार्यकालको लागि शेखर गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा नारायण सुवेदी, सचिवमा विजया सुवेदी, सहसचिवमा गंगाधर बराल र कोषाध्यक्षमा शंकर पौडेल रहेका छन ।
कार्य समितिको सदस्यहरुमा गिता के सि , भिम नेपाली ,उमादेवी बास्तोला, सुर्यदेवी बञ्जरा र समुन्द्र सुनार रहेका छन । अधिवेशन तथा साधारण सभाले २०५९ माघ १९ गते पछिको प्रतिगमन विरुद्धको आन्दोलनको क्रममा घाइते भएका तथा सहिदका परिवारलाई समेत समावेश गर्ने गरी विधानको संशोधन गरेको छ ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले अधिवेशनको उद्घाटन गर्दै प्रदेश सरकारले जन आन्दोलनका घाइतेहरुका सवाललाई आर्थिक वर्ष २०७६÷०७७को बजेटमा सम्बोधन गर्ने बताइन् । ‘चालु आर्थिक वर्षको बजेट बनाउदा प्रयाप्त छलफल गर्न सकिएन, ’मन्त्री पुनले भनिन्, ‘अहिलेको बजेटमा कुनै किसिमको सम्बोधन गर्न सकिएन । आगामी बजेट निर्माण गर्दा ख्याल गरिने छ ।’ जन आन्दोलनका घाइते तथा सहिदका परिवारलाई प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद (सीटीईभीटी )मार्फत तालिमको व्यवस्था गरी स्वरोजगार बनाउन ध्यान दिने उल्लेख गर्दै मन्त्री पुनले उद्यमी बन्न असहजता भए मन्त्रालयले सहजीकरण गर्ने बताइन् ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले विगतमा दलहरु विभाजित भएको भए राजा फाल्न नसकिने बताए । शान्ति र समृद्धिको एजेण्डालाई पुरा गर्न सत्तामा रहने पाटी सवभन्दा बढी जिम्मेवार बन्न पर्ने दावी गर्दै सभापति केसीले सरकार अभिभावक बनेर सबैलाई समेट्न पर्ने तर्क गरे ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका उपनिर्देशक नितु गर्तौला, अग्रज मानव अधिकारकर्मी टेकनाथ बराल, शान्तिको लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विष्णुप्रसाद बराल, सहिद भीमसेन दाहालकी पत्नी सविता दाहाल, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष जानकी शर्मा, वेपत्ता योद्धा समाज कास्कीका अध्यक्ष अणनाथ बराल, जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति कास्कीका निवर्तमान अध्यक्ष ढाकाराम पौडेल, इन्सेकका गण्डकी प्रदेश संयोजक शिव खकुरेल, एड्भोकेसी फोरम पोखराका संयोजक सरलाकुमारी पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ