पोखरा । गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङले राज्यको नेतृत्व आदिवासी जनजातिले गर्न पाए देश विकास तथा समृद्ध हुने बताएका छन् । मुलुकमा धेरै परिवर्तनहरु भए पनि एकतिहाइ बढी संख्यामा रहेका इमान्दार आदिवासी जनजातिहरुलाई कहिल्यै भुमिका दिइएन भन्दै उनले उनीहरु हाँस्न समेत नपाएकाले अब जनजाति हाँस्न मात्रै पाए मुलुक सम्वृद्ध हुने बताए ।
नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीले २१४६ औं स म्हो फा ल्हो बँदेल बर्ग आगमनको अवसरमा आइतवार पोखरामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेकपाका नेता समेत रहेका उनले यस्तो बताएका हुन् ।
सभ्यता विकास गरेको आदिभुमिमा तिनै आदिवासीहरु भुमिका विहिन, विभेदको पिडा, पहिचान र अधिकारबाट बञ्चित हुनुपर्ने अवस्थाले मुलुक अघि बढ्ने नसकेको बताउँदै राज्यको मुलधारमा ल्याउदै इमान्दार आदिवासी जनजातिलाई राज्यको बागडोर सम्हाल्ने अवसर दिन मुलुकको विकास हुने प्रमुख अतिथि प्रदेशसभा सदस्य गुरुङको दावी थियो।
नयाँ राजनीतिक व्यवस्था, प्रणाली जे आए पनि जनताले नत परिवर्तनको महसुस गर्न पाए नत विकासको अनुभूति गरेको भन्दै राज्य हाँक्नेहरुप्रति कटाक्ष गरे । कटौती गरिएको ल्होसार विदा सरकारले सच्चाए पनि पहिचान,अधिकार र तमुवानको आन्दोलन जारी राख्न सुझाव उनको थियो। माग पुरा नहुञ्जेल आदिवासी जनजाति निरन्तर अभियानमा लागि रहनुपर्ने बताउनुहुदै उहाँले यस प्रदेशमा तमु भाषालाई तत्काल सरकारी कामकाजको भाषा बताउनुपर्ने बताउनुभयो।
नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर तमुले आदिवासी जनजातिको पहिचान, अधिकार र समानताको अधिकार सुनिश्चितताका लागि सोनाम ल्होसारले सरकारलाई घचघच्याउने विश्वास व्यक्त गरे ।
नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीका अध्यक्ष क्या.पुर्णबहादुर ह्योल्मोले राज्य संचालकलाइ ल्होसारले सद्बुद्धि देओस भन्ने शुभेच्छा प्रकट गरे ।
आदिवासी जनजातिका पर्वहरुमा विदा कटौती गरेर सरकार जनजातिका सँस्कृति विरोधीको रुपमा प्रस्तुत भएको उनको आरोप थियो। विदा धेरै भएर मुलुक विकास हुन नसकेको भन्ने गलत भ्रम फिजाउनेहरुले विकशित मुलुकमा शनिवार र आइतवार हप्तामा दुइदिन विदा हुदै आएको हेर्न सझुाव दिए । उनले ल्होसारको बारेमा जानकारी दिदै नेपालीले मनाउने तीनवटै ल्होसार सबै नेपालको भएको बताए ।
नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीका अध्यक्ष क्या.पुर्णबहादुर Þयोल्मोको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा लामा गुरु कुन्दो लामाले मन्त्रबाचन, उपाध्यक्ष होमबहादुर ह्योल्मोले स्वागत र सचिव पुर्ण ह्योल्मोले कार्यक्रम संचालन गरेका थिए ।
उक्त कार्यक्रममा ह्योल्मो समुदायको मौलिक खाजाको परिकारको व्यवस्था गरिएको थियो भने सहभागीहरु मौलिक नृत्यमा रमाएका थिए। कार्यक्रममा कस्केली ह्योल्मोहरुसहित आदिवासी जनजाति संघ संस्था, राजनीतिक दल, विभिन्न क्षेत्रका अगुवाहरुको बृहत सहभागिता रहेको थियो।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
नवौं संस्करणको वालिङ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो