तनहुँ । सरकार डगमगाउने र ढल्ने खतराले निर्मला पन्तको शक्तिशाली हत्यारा पत्ता नलागेको नेपाली काग्रेसका युवा नेता प्रदिप पौडेलले बताए । सो कुरा युवा नेता पौडेलले नेपाली काग्रेस तनहुँद्धारा सोमबार दमौली आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै बताएका हुन् ।
“निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने अपराधि पत्ता नलाग्ने हुने सक्दैन”नेता पौडेलले भने, “त्यो निर्मला पन्तको हत्यारा यति शक्तिशाली रहेछ जुन पत्ता लाग्यो भने यो सरकार नै ढल्छ, यो सरकार नै डगमगाउछ । त्यसकारण सरकार डगमगाउने खतरा भएको कारणले निर्मला पन्तको हत्यारा पत्ता नलागेको हो ।”
प्रधानमन्त्रि केपी ओलीलाई इंगित गर्दै काँग्रेस युवा नेता पौडेलले भने,”हो प्रधानमन्त्रि जी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा दुनियाँ चकित भएको छ, हो प्रधानमन्त्रि जी सिङ्गै जहाज कर्लपै निल्दा दुनियाँ चकित भएको छ, हो प्रधानमन्त्रि जी ठेक्का टेण्डर नगरी बुढिगण्डकी चिनको गेजुवा कम्पनि लाइ दिदा दुनियाँ चकित भएको छ ।” “त्यसैले भ्रष्टाचार र कमिसनमा नेपाल अगाडि पुगेको छ”, नेता पौडेलले भने ।
“नेपाल बलात्कार र हिँसामा अगाडि पुगेको छ, दुनिया चकित राम्रो काम गरे पनि हुन्छ नराम्रो काम गरे पनि हुन्छ । सरकारको नाराम्रो काम देखेर अहिले दुनिया चकित भइसरेका छन”, युवा नेता पौडेलले भने । “गोविन्द केसी तमाम गरिब जनताका छोराछोरीले समेत डाक्टर पढ्न पाउनु पर्छ भनेर अनसन बसेका थिए”, नेता पौडेलले भने, “तर सरकारले अनसन बसेका डा.केसी संग बार्ता गर्न कुनै टोलि बनाएन ।”
नेपाली कांग्रेस तनहुँका कार्यबाहक सभापति जित प्रकाश आलेको सभापतित्व विरोध र्याली दमौलीमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका थिए ।

नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष चुडामणि खनाल, नेपाल महिला संघ तनहुँकी सभापति पवित्रा पौडेल, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, क्षेत्रीय सभापति किसान गुरुङ, क्षेत्रीय सभापति उदयराज गौली, गण्डकी प्रदेशका सांसद दोबाटो विक, नेपाली कांग्रेसका महासमिति सदस्य रामचन्द्र अधिकारी, कांग्रेस नेता झुल बहादुर आले, पुर्व सांसद रामचन्द्र पोख्रेल, कांग्रेस नेता अमरराज कैनी लगाएतकाले सरकारले अहिले देशमा गरेको कार्यहरुको विरोध गरेका थिए । देशमा माफिया तन्त्र हावी भएको विषयमा कांग्रेस नेताले जोड दिएका थिए । कार्यक्रमको संचालन नेपाली काङ्ग्रेस तनहुँका सचिव विश्व बास्तोलाले गरेका थिए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’