गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । पोखरेली सञ्चारकर्मी प्रभु अधिकारीको प्रस्तुतिमा गीतकार मन क्षेत्रीको सामाजिक सचेतनामुलक गीत ‘हामी नउठे को उठ्छ ?’ को अडियो तथा म्युजिक भिडियो आज पोखरामा सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले उक्त गीतलाई सार्वजनिक गरेका हुन् ।
गीतमा नरजंग गुरुङको संगीत छ भने रामभक्त्त जोजिजु, ईतु जोजिजु, अजुदा थापा, योगेश काजी, आशिष दास, नरजंग गुरुङ, मनोज गुरुङ आदी कलाकारको स्वर रहेको छ । गीतको म्युजिक भिडियोलाई सरोज अधिकारीले छाँयाकन गरेका हुन् । निसान घिमिरेको सम्पादन रहेको गीतमा प्रस्तुत कर्ता प्रभु अधिकारी सँगै राजनितिकर्मी, नागरिक समाज, लेखक कलाकार, पत्रकार, विद्यार्थी लगायतको अभिनय रहेको छ ।
समारोहमा मेयर जिसीले हामीले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने भन्दै मेयर जिसीले प्रविधी मैत्री वातावरण बनाएर फोहोरलाई पनि मोहोरमा परिणत गर्न सकिने बताए । फोहोरलाइ पनि अब उद्यमको रुपमा विकास गर्नुपर्छ । यसका लागि महानगरले कदम चालेको उनको भनाइ थियो । ‘पोखराका सटरसटरमा वर्कशप छन् । बजारको माझमाझमा कबाडी सेन्टर छन् । तारहरुको जालो फुकाइनसकिने गरि अल्झिएर बसेका छन् । जस्ले सिङ्गो शहरनै कुरुप बनाइरहेको छ । अहिले हामी यस्को व्यवस्थापनमा लागि परेका छौ’—उनले भने ।
फोहोर सफा गर्नुपर्ने भन्दा पनि फोहोर कसरी नगराउने विषयले महत्व राख्ने उनको भनाइ थियो । सुन्दर पोखरा निर्माणका लागि महानगर सधैं नागरिक सँगै रहेको उनले बताए । वृहत सरसफाइ जस्तो महाअभियानमा यस्तो प्रकारको सामाजिक सन्देश मुलक गीतले पोखराको सुन्दरताको प्रचारप्रसार गरि सहयोग पु¥याएकोमा जिसीले आगामी दिनमा महानगर यसरीनै साझेदार भएर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले हिजोको पोखरा र आजको पोखरामा आकाश जमिनको फरक भएको बताए । गीतले पोखराको उन्नतीका लागि प्रेरक भूमिका खेल्ने भन्दै हरेकले गीतको भावनालाई मनन् गर्नुपर्ने बताए ।
पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले गीत सँगीतले मन छुनुपर्ने बताउँदै सार्वजनिक गीत पोखराको समस्याको आवाजको रुपमा रहेको बताए । पोखरा पहिला जस्तो रहेन भन्ने गुनासो आइरहेको बेला अब हामी सचेत हुनुपर्ने उनको धारणा थियो । पोखरा महानगरमा यहाँको फोहोर व्यवस्थापनका लागि बाहिरबाट आएका प्रोजेक्टहरुको विषयमा विचार गरेर अनुमोदन गर्न समेत उनले महानगरलाई सुझाव दिए ।
सार्वजनिक गीतका गीतकार मन क्षेत्रीले गीतले मनोरञ्जन मात्र नभै समाजलाई उत्प्रेरित गर्ने भुमिकासमेत खेल्नुपर्ने बताए । गीतको म्युजिक भिडियोका निर्देशक अपिल त्रिपाठीले गीतको गुणस्तरमा सिर्जनशीलता, प्रविधीले महत्वपुर्ण भुमिका खेल्ने बताए । गीतका प्रस्तुतकर्ता प्रभु अधिकारीले आफ्नो दुई वर्ष अघिको सपना पुरा भएको बताए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो