पोखरा । जेसीआई पोखराको पहिलो शुक्रवासरीय प्रवचनमाला अन्तर्गत सकारात्मक प्रभावका लागि एकता विषयमा कार्यक्रम भएको छ ।
वर्ष २०१९ को अध्यक्षीय प्रकरण सकारात्मक प्रभावका लागि एकतामा तीन जना वक्ताहरुले आफनो विचार राखेका थिए । उपाध्यक्षद्वय सन्तोष ओझा, विनोद के.सी. र निर्देशक श्रीकृष्ण सुनारले आफ्ना भनाई राखे ।
सन् १९८४ बाट पोखरा जेसीजका सदस्यहरुको बोल्ने कलाको विकासको लागि प्रवचन माला निरन्तर रुपमा आयोजना गरिदैं आएको छ । पोखरा जेसीजका सदस्यहरुले उक्त कार्यक्रमबाट परिस्कृत गर्दै नेपाल जेसीजको क्षेत्रीय र राष्ट्रिय सम्मेलनहरुमा विजेता बन्न सफल भएको अध्यक्ष सन्तोष शाहीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा रोयल सहकारीका सचिव तथा नेफ्स्कुन गण्डकी प्रदेशका संयोजक, पुर्व जेसीआई पोखराका सदस्य भिम गुरुङले बोल्ने कलाको विकासका लागि यो कार्यक्रम फलदायी रहेको बताए । उनले जेसीजमा प्रवेश पश्चात् निर्देशक हुँदै कार्यकारीणी उपाध्यक्ष र कानुनी सल्लाहकार सम्म भएको, सिक्ने कुरा कहिल्यै नसकिने भएकाले निरन्तर सिकाईमा लाग्नुपर्ने बताए ।
अध्यक्ष सन्तोष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा आस्थापाठ निर्देशक सुर्य बहादुर के.सी. र स्वागत बलराम कुइंकेलले गरेका थिए ।
कार्यक्रममा जेसीआई पोखरा वर्ष २०१९ का सञ्चालक समितिका पदाधिकारीका साथै ४० जना अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’