पोखरा । जेसीआई पोखराको पहिलो शुक्रवासरीय प्रवचनमाला अन्तर्गत सकारात्मक प्रभावका लागि एकता विषयमा कार्यक्रम भएको छ ।
वर्ष २०१९ को अध्यक्षीय प्रकरण सकारात्मक प्रभावका लागि एकतामा तीन जना वक्ताहरुले आफनो विचार राखेका थिए । उपाध्यक्षद्वय सन्तोष ओझा, विनोद के.सी. र निर्देशक श्रीकृष्ण सुनारले आफ्ना भनाई राखे ।
सन् १९८४ बाट पोखरा जेसीजका सदस्यहरुको बोल्ने कलाको विकासको लागि प्रवचन माला निरन्तर रुपमा आयोजना गरिदैं आएको छ । पोखरा जेसीजका सदस्यहरुले उक्त कार्यक्रमबाट परिस्कृत गर्दै नेपाल जेसीजको क्षेत्रीय र राष्ट्रिय सम्मेलनहरुमा विजेता बन्न सफल भएको अध्यक्ष सन्तोष शाहीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा रोयल सहकारीका सचिव तथा नेफ्स्कुन गण्डकी प्रदेशका संयोजक, पुर्व जेसीआई पोखराका सदस्य भिम गुरुङले बोल्ने कलाको विकासका लागि यो कार्यक्रम फलदायी रहेको बताए । उनले जेसीजमा प्रवेश पश्चात् निर्देशक हुँदै कार्यकारीणी उपाध्यक्ष र कानुनी सल्लाहकार सम्म भएको, सिक्ने कुरा कहिल्यै नसकिने भएकाले निरन्तर सिकाईमा लाग्नुपर्ने बताए ।
अध्यक्ष सन्तोष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा आस्थापाठ निर्देशक सुर्य बहादुर के.सी. र स्वागत बलराम कुइंकेलले गरेका थिए ।
कार्यक्रममा जेसीआई पोखरा वर्ष २०१९ का सञ्चालक समितिका पदाधिकारीका साथै ४० जना अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ