पोखरा । पोखरा चेम्वर अफ कमर्श कास्कीले क्यानडाका लागि नवनियुक्त नेपाली राजदुत भृगु ढुङ्गानासँग शुक्रबार अन्तरक्रिया गरेको छ । पोखरा चेम्वर अफ कमर्स कास्कीले उद्योग, वाणिज्य तथा अर्थतन्त्र क्षेत्रका समसामयिक विषय र देशको समृद्धिमा निजी क्षेत्रको योगदान र भूमिका तथा यस क्षेत्रको प्रवद्र्धन र सम्भावनाको खोजि गर्ने कार्यक्रम अन्र्तरगत यो कार्यक्रमको आयोजना गरिएको बताएको छ ।
राजदूत ढुंगानाले मुलुकका लागि लगानी भित्र्याउन र व्यापार प्रवर्द्धनका लागि भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् । उनले आर्थिक कुटनीतिलाई अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। अवका दिनमा आफुले सम्बन्धित देशमा गएर नेपालमा हुन लागेको लगानी सम्मेलन र भिजिट नेपाल २०२० सफल बनाउन केन्द्रित हुने बताए ।
सोका लागि अबका दिनमा व्यवसायीहरुले अयात प्रतिस्थापन गरी निर्यात गर्ने बस्तु उत्पादनमा लागूपर्ने बताए । आफ्नो कार्यकालभरि समृद्ध नेपाल सुखी नेपाली को नारालाई सार्थक तुल्याउन लाग्ने समेत बताए ।
यसैगरी, पोखरा चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष किसान सुनारले गण्डकी प्रदेशको पर्यटन उद्योगको विकास, गण्डकी प्रदेशले घोषण गरेको आन्तरिक पर्यटन वर्ष २०१९, र लगानी सम्मेलन, लाई सफल वनाउन सहयोग गर्न तथा देशभित्र र देश बाहिर अनुकुल वातावरण कायम गर्न, आर्थिक कुटनीतिलाई मजबुत वनाउन आग्रह गरे । राजदुतहरुले नेपालको राष्ट्रिय स्वार्थ पुरा गर्नलाई नेपालको ब्यापार प्रबद्र्धन, लगानी अभिबृद्धी, पर्यटनको विकास र कृषि क्षेत्रको आधुनिकीकरणमा बिशेष पहल गर्न अपील समेत गरेका छन् ।

उक्त कार्यक्रममा पर्यटन व्यवसायी टान पश्चिमाञ्चल क्षेत्रिय संघका अध्यक्ष हरी भुजेल, नाटा पश्चिमाञ्चल क्षेत्रिय संघका अध्यक्ष सन्तोष पोख्रेल, पुर्व पर्यटन वोर्डका सदस्य टिकाराम सापकोटा तथा पोखरा चेम्वर अफ कमर्स कास्कीका कार्यसमिती पदाधिकारी विच अन्तरक्रिया भएको थियो ।
सम्बन्धित खबर
ग्यासमा कृत्रिम अभाव रोक्न स्याङ्जामा छड्के अनुगमन
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित