किरण श्रेष्ठ, तनहुँ । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा सातौ तनहुँ महोत्सव हुनेभएको छ । तनहुँ उद्योग वाणिज्य संघको बैठकले सातौ महोत्सव गर्ने निर्णय गरेको हो । महोत्सवका लागि आन्तरीक तयारी भएको तनहुँ उद्योग वाणिज्य संघले जनाएको छ ।
जिल्लाको व्यापार, ब्यवसाय संगै पर्यटन प्रर्वद्वन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले बताए ।
महोत्सव फागुन १६ गते देखि २७ गते सम्म संचालन हुने बताइएको छ । महोत्सवलाई अन्य महोत्सव भन्दा थप आर्कषक बनाउने तयारी भएको संघका कार्यकारी सचिव बिशेश्वर तिमलसेनाले बताए ।
सातौ तनहुँ महोत्सवका लागि विभिन्न समितिहरु गठन
महोत्सवका लागि विभिन्न समितिहरु गठन गरेको छ । फागुन १७ देखी २७ गते सम्म संचालन हुने महोत्सवका लागि तनहुँ उद्योग वाणिज्य संघ जिल्ला कार्यसमितिको शुक्रबार बसेको बैठकले सातौं तनहुँ महोत्सवको निर्णायक समिति र विभिन्न उपसमिति गठन गरेको संघका कार्यकारी सचिव विश्वेश्वर तिमल्सेनाले बताए ।
बैठकले संघका अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा १३ सदस्य निर्णयक समिति गठन गरेको छ । महोत्सवलाई सफल बनाउन ४३ वटा बिभिन्न उपसमितिहरु गठन गरेको संघले जनाएको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’