किरण श्रेष्ठ, तनहुँ । नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा आइतबारदेखि दमौलीमा छैटौं लखन स्मृति कप सुरु भएको छ । आइतबार मगर विद्यार्थी संघ तनहुँ र मीन मावि थर्पु बीच भएको उद्घाटन खेलमा मिन मावि थर्पु १-० गोल अन्तरले बिजयी भएको छ ।
प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले प्रथम सहिद लखन थापाको फोटोमा अबिर र फुल चढाएर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा प्रमुख न्यौपानेले व्यास नगरपालिकामा मगरहरुको संख्या पहिलो नम्बरमा रहेको बताए । निरन्तर खेललाई आर्थिक भौतिक सहयोग गर्ने उनले बताए । साथै प्रथम सहिद लखन थापाको तस्बिर व्यास नगरपालिकामा राख्ने प्रतिबद्धता समेत गरे ।
उद्घाटन कार्यक्रमको अध्यक्षता नेपाल मगर विद्यार्थी संघ तनहुँका अध्यक्ष बसन सारुले गरेका थिए । नेपालका प्रथम सहिद लखन थापा मगरको १४२औं स्मृति दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा अन्तर कलेज सेभेन ए साइड खुल्ला छैटौं लखन स्मृति कप सुरु भएको हो । नेपालका प्रथम सहिद लखन थापा लाई सम्मान दिलाउन र खेलको माध्यमबाट राज्यलाई रचनात्मक दबाब दिन सो प्रतियोगिता गरिएको कार्यक्रमका वक्ताहरुले बताएका थिए ।
माघ २७ गते आइतबारदेखि सुरु भएको खेल फागुन २ गते सम्म जारी रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार ५५५ र दोस्रो हुने टिमले १५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । जिल्लाका विभिन्न कलेजका १४ वटा टिमले प्रतियोगितामा सहभागीता जनाएको खेल संयोजक अनिल थापा मगरले जानकारी दिए । एउटा कलेजबाट दुइ वटा टिम दर्ता गर्न पाइने संयोजक मगरले बताए । प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट स्कोरर, बेस्ट किपर लाई समेत ट्रफी र मेडल दिइने खेल संयोजक मगरले जानकारी दिए ।
उक्त कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त गर्जा मगर, नेपाल मगर युवा संघ तनहुँका अध्यक्ष बादल आले लगाएतले शुभकामना मन्तव्य राखेका थिए । उक्त प्रतियोगिताको रेफ्री इन्द्र गुरुङ र बिजय राना रहेका छ्न । कार्यक्रमको संचालन संघकी बिनिता थापा मगरले गरेकी थिइन ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन