किरण श्रेष्ठ, तनहुँ । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको घिरिङ गाउँपालिका-४ का वडाध्यक्ष झकबहादुर कुमालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
वडाअध्यक्ष झकबहादुर कुमाललाई पुर्पक्षका लागी थुनामा राखिएको छ । आफ्नै वडाका युवती बलत्कारको आरोप लागेको कुमाललाई थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सई टिकाराम पोख्रेलले जानकारी दिए ।
गत वैशाख २५ गते आफ्नै वडाकी १७ वर्षिय युवतीलाई नवलपुरको वुङदीकाली गाउँपालिका वडा नम्बर २ को जंगलमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा युवतीले गत बैशाख ३० गते प्रहरीमा उजुरी दिएकी थिइन् ।
युवतीले उजुरी दिएपछि प्रहरीले निरन्तर खोजी गरेपनि कुमाल फरार थिए । अदालत पक्राउ पुर्जी जारी गरेपछि उनले नवलपुर प्रहरीसामु सोमबार आत्मासर्पण गरेका हुन् ।
सोमबार नै अदालतमा हाजिर गराएको र अदालतको आदेश अनुसार नै थुनामा राखेकोे जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी नायव निरिक्षक टिकाराम पोखरेलले जानकारी दिए । नवलपुरमा कारगार नभएपछि वडाअध्यक्ष कुमाललाई जिल्ला कारगार चितवन पठाएको पोखरेलले बताए । वडाअध्यक्ष कुमाल तनहुँका भएपनि घटना नवलपुरमा घटेकाले नवलपुरबाटै मुद्धा चलाईएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला