तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले २ वर्षदेखी ज्यान मार्ने उद्योग मुद्धामा फरार एक जना लाई पक्राउ गरेको छ । प्रहरीले गत २०७४ फागुन ९ गते तनहुँको म्याग्दे गाउँपालिका वडा नं ६ स्थित पिपलटारमा सन्जिब राई समेतका व्यक्तिहरुलाई धारिलो हतियार खुकुरी प्रहार गरी सख्त घाईते बनाएका म्याग्दे गाउँपालिका वडा नं ६ छविसे बस्ने बर्ष ३२ को दाह्री भन्ने सुरज थापा लाई पक्राउ गरेको हो ।
उक्त घटनामा लक्ष्मी राई समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी मिलन पौडेल समेत भएको ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात प्रहरीले खोजतलास गरेको थियो ।
फरार रहेका प्रतिवादीहरुको खोजतलास जारी राखिएको अवस्थामा दाह्री भनि चिनिने सुरज थापा २७ गते आइतबार कावासोती स्थित पुर्वाधार विकास कार्यालयबाट आह्वान भएको टेन्डर ठेक्काको क्रममा विशेष सूचना मार्फत प्रहरीले थापा लाई पक्राउ गरेको हो ।
प्रहरी परिचालन गरी खोजतलास तथा निग्रानी गर्दा फरार प्रतिबादीहरु मध्ये दाह्री नामले चिनिने सुरज थापालाई नवलपरासी बर्दघाट सुस्त पुर्व कावासोती नगरपालिका वडा नं ३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थापा लाई पक्राउ गरी आबश्यक कार्बाहीको लागि तनहुँ जिल्ला अदालत समक्ष उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
अवैध रूपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा
६२ वर्षपछि न्याय: सदरमुकाम पुतलीबजार सारिँदा जग्गा दिने श्यामप्रसादलाई १ करोड मुआब्जा
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
बजारमा बेच्न राखिएको तरकारीमा ९९ प्रतिशत विषादी, जफत गरी खाल्डोमा गाडियो
गण्डकीमा गाँजा खेतीलाई वैधानिकता दिने विधेयक प्रदेश सभामा पेस
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
माधव नेपालले विलय गराइसकेको पार्टीबाट निकाले महासचिव घनश्याम भुसालसहितका ६ नेता