तनहुँ । नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा आइतबारदेखि दमौलीमा छैटौं लखन स्मृति कप सुरु भएको हो ।
प्रतियोगिताको तेस्रो दिन चार खेल सम्पन्न भएको छ । मंगलबार पराशर कलेज (ए) र आदिकवि कलेज (बि) बिच भएको पहिलो खेलमा आदिकवि कलेज (बि) २-० गोलअन्तरले बिजयी भएको छ । त्यस्तै बाराही कलेज (ए) र पराशर कलेज (बि) बीच भएको दोस्रो खेलमा १-० गोलअन्तरले पराशर कलेज (बि) बिजयी भएको छ ।
त्यसैगरि दमौली कलेज र बाराही कलेज (बि) बीच भएको तेस्रो खेलमा २-१ गोलअन्तरले दमौली कलेज बिजयी भएको छ । त्यस्तै मंगलबार जनज्योति मावि भिमाद र मिन मावि थर्पु बीच भएको अन्तिम खेलमा २-१ गोलअन्तरले मिन मावि थर्पु बिजयी भएको खेल संयोजक अनिल थापा मगरले जानकारी दिए । बुधबार सेमिफाइनलका ३ वटा खेल हुने आयोजकले जनाएको छ ।
नेपालका प्रथम सहिद लखन थापा मगरको १४२औं स्मृति दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा अन्तर कलेज सेभेन ए साइड खुल्ला छैटौं लखन स्मृति कप सुरु भएको हो । नेपालका प्रथम सहिद लखन थापा लाई सम्मान दिलाउन र खेलको माध्यमबाट राज्यलाई रचनात्मक दबाब दिन सो प्रतियोगिता गरिएको आयोजकले जनाएक छन ।
माघ २७ गते आइतबारदेखि सुरु भएको खेल फागुन २ गते सम्म जारी रहने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार ५५५ र दोस्रो हुने टिमले १५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । जिल्लाका विभिन्न कलेजका १४ वटा टिमले प्रतियोगितामा सहभागीता जनाएको खेल संयोजक अनिल थापा मगरले जानकारी दिए । प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट स्कोरर, बेस्ट किपर लाई समेत ट्रफी र मेडल दिइने खेल संयोजक मगरले जानकारी दिए ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?