पोखरा । यही फागुन ४ र ७ गते पोखरामा सहस्रधारा निकालिने भएको छ । मल्लकालिन संस्कृतिको रुपमा रहेको सहस्रधारा यही फागुन ४ गते भीमाएकादशी र फागुन ७ गते स्वस्थानी ब्रतकथा समापनको अवसरको दिनमा पोखरामा सहस्रधारा निकालिने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।
माघेजात्रा व्यबस्थापन समिति पोखराको आयोजनामा संचालन हुने उक्त कार्यक्रमको अवसरमा एक महिना भरी पोखरा क्षेत्रका विभिन्न टोल बस्ती तथा मठ मन्दिरमा भजन कीर्तनसमेत जारी रहने भएको समितिका अध्यक्ष रमेश बाटाजुले बताए । नारायण थान मन्दिरबाट शुरु हुने सहस्रधारा बुद्ध बिहार, तेर्सापट्टि, पालिखेचोक, साँघुमुख, महेन्द्रपुल, रानिपौवा, शिलतादेवि मन्दिरमा गरी रानिपौवा, महेन्द्रपुल, सिद्धार्थचोक, रामकृष्णटोल, गणेश टोल, भिमसेन मन्दिर परिक्रमा गरी समापन गरिने भएको अध्यक्ष बाटाजुले बताए ।
यस अघि गत माघ महिनाको २७ गते श्रीपन्चमी पर्वको अवसरमा पोखरामा सहस्रधारा निकालिएको माघेजात्राका प्रचार संयोजक प्रचार संयोजक अष्टमान प्रधानाङगले बताए । पोखराको पौराणिक सांस्कृतिक धरोहर माघे जात्रा संरक्षण गर्ने उद्धेश्यले गत माघ ७ गते स्वस्थानी व्रतकथा आरम्भ देखि फागुन ७ गतेसम्म विभिन्न धार्मिक मठ, मन्दिरमा भजन कृतनको साथमा सहस्रधारा निकाल्दै माघेजात्रा मनाईने भएको हो ।
१९७७ मा काठमाण्डौंबाट प्रधानमंत्री चन्द्र समशेरले तत्कालिन अबस्थामा सुरुवात गराएको बालधारा पोखरामा स्थापना गर्न आएका स्व. बैठकलाल श्रेष्ठ र स्थानिय बासिन्दा मोतिलाल रन्जितको प्रयासले स्थापना गरिएको माघे जात्रा २०७७ सालमा एक सय बर्ष पुग्ने कोषाध्यक्ष केदार प्रसाद मर्सानीले बताए। उनले आफु ७५ बर्षको हुदा पनि विगत १५ बर्ष देखि संस्थाको कोषाध्यक्ष पदमा जिम्मेवार बहन गर्दै आएको जनाए ।
स्वस्थानी माता, गंगा माता, भगवान शिव, बिष्णु भगवानको नाम जप्दै भक्तहरुले आफ्नो मनोकांक्षा पुरा हुने उद्धेश्यले सेतीनदीको जल ल्यायर चोखो हुदा मनकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ । पहिला एक सय ८ वटा सहस्रधारा निकालिने गरे पनि विस्तारै धर्ममा कम रुचि राख्दै जाँदा हाल ३ जनाले मात्र सहस्रधारा बोक्ने गरेको बताइन्छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने