तनहुँ । पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले असल राजनीतिका लागि असल राजनीतिक पार्टी, असल नेता कार्यकर्ता र नागरिक आवश्यक पर्ने बताएका छन् ।
पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्मको १ हजार ७ सय ७६ किमिको मध्यपहाडी लोकमार्गमामा समावेशी विकासका लागि असल राजनीतिका भन्ने राना सहित यात्रामा निकस्केका भट्टराईले बुधबार तनहुँको बाइसजागरमा भएकोे कोणसभामा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
पुर्व प्रधानमनत्री डा. भट्टराइले भने, नयाँ शक्तिले ‘समृद्धि सबैका लागि, सधैंका लागि’को नारासहित अभियान अगाडि बढाएको छ । नयाँ पार्टीको विचार रोप्ने र नागरिकको समस्या बुझ्न आफुले यात्रामा निस्केको भट्टराइले बताए ।
भट्टराईले मुलुक भ्रष्टाचारमा चुरलुम्म डुबेको बताउँदै भ्रष्टाचार रुपी रोगले सबैलाई सिध्याउने समेत भट्टराइले बताए । भ्रटाचारको अन्त्य नभएसम्म मुलुकमा समस्या समाधान नभएसम्म मुलक समृद्व नहुने समेत भट्टराईले बताए । विगतमा ठुला क्रान्ति ,आन्दोलन र युद्वबाट आएका नेताहरु समेत भ्रष्टाचारमा लिप्त भएको बताउँदै त्यसले नेतृत्वलाई सिध्याउन समेत भट्टराईले बताए ।
जल,जमिन,जंगल जडिबुटी र जनशिक्तको प्रयोग गरेर नोपलललाई समृद्व बनाउन सकिने समेत भट्टराइले सो अवसरमा बताए । भट्टराईले विश्वमा मरभूमि मात्रै भएका देशहरुले समेत ठुलो आर्थिक उपलब्धि गरेको बताउँदै नोपलमा प्राकृतिक श्रोत र मानव श्रोतालाई उपयोग गरेर मुलक समृद्व बनाउन सकिने बताए ।
यस्तै कार्यक्रममा पुर्व मन्त्री तथा नयाँ शक्तिका नेता भिमप्रसाद गौतमले देशमा मौलाएको भ्रष्टाचार अन्त्य नभए सम्म मुलुक समृद्व नबन्ने बताए । अभियानको अवधिमा लोकमार्ग आसपासका नागरिक, जनप्रतिनिधि र नागरिक अगुवाहरुसँग असल राजनीति र समावेशी विकासबारे छलफल गरिने नयाँ शक्ति पार्टी तनहुँका संयोजक देबेन्द्र थापाले बताए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’