पृथ्वीचोकबाट सुरु भएको आइल्यान्ड घटाउने कामलाई पोखरा महानगरपालिकाले भने निरन्तरता दिइरहेको छ । महानगरले अहिलेसम्म पृथ्वीचोक, अमरसिंहचोक, जिरोकिलोमिटर, बिरौटाचोक, मुस्ताङचोक, हरिचोक लगायत चोकका आइल्यान्ड घटाएको छ ।
आइल्यान्ड घटाउँदै सालिकलाई पार्कमा व्यवस्थापन गर्ने बताइरहेको महानगरपालिकाले अब के गर्छ त ? मेयर मानबहादुर जिसी भन्छन्, ‘अर्धकदको सालिक भएको ठाउँमा रातारात अर्को सालिक ठड्याइछ । हामीले सबै सालिकलाई पार्कमा व्यवस्थापन गर्ने भनेका छौं । पोखरा बनाउने कि बिगार्ने भन्नेतिर सबैले सोच्नुपर्यो।’
पृथ्वीचोकमा आकासे पुल बनाउन प्रक्रिया अगाडि बढिसकेको बताउँदै मेयर जिसीले सालिकलाई पार्कमा व्यवस्थापन गर्ने काममा पछाडि नहट्ने बताउँछन् । पार्कमा सालिक व्यवस्थापन गर्ने कामको नेतृत्व उपमेयर मञ्जुदेवी गुरुङलाई दिइएको छ । पार्क बनाउन टेन्डर निकाल्ने प्रक्रियामा रहेको मेयर जिसीले बताए ।
पोखरा– १८ स्थित पर्यटकीय क्षेत्र सराङकोटको जामुने बोटमा पार्क निर्माण गर्ने महानगरले योजना बनाएको छ । सराङकोटमा ५७ रोपनी क्षेत्रफलको जग्गामा पार्क बनाउने गरी गुरुयोजना निर्माण गरी टेन्डरको तयारीमा रहेको मेयर जिसीले बताए ।
– समाधान दैनिक
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु