पोखरा, ३ फागुन । गर्भवती र सुत्केरी महिलाको अकालमै ज्यान जाने गरेको भन्दै गण्डकी सरकारले हेलिकोप्टरमा निशुल्क उद्धार गर्ने निर्णय पनि गरेको छ । जोखिममा परेका सुत्केरी र गर्भवती महिलाको हेलि उद्धार (एयर लिफ्टिङ) गर्न कार्यविधि समेत पारित गरेको छ ।
‘कोही पनि महिला सुत्केरी हुँदा जोखिममा पर्नुपर्दैन । सरकारले उनीहरुको उद्धार गर्छ, निर्णय सार्वजनिक गर्दै चुमानले भने–हेलि उद्धारमा लाग्ने खर्च पनि सरकारले नै ब्यहोर्छ ।’ गर्भवती र सुत्केरी महिलालाई जटिलता व्यवस्थापनको लागि सुविधा सम्पन्न अस्तालमा एयरलिफ्ट गर्ने कार्यविधी’ पारित भएको हो ।
एयर लिफ्टिङ गर्दा स्थानीय स्तरमा उपचाररत स्वास्थ्यकर्मीको सिफारिस चाहिन्छ । ‘जोखिम हो वा होईन स्थानीय स्तरमै रहेका स्वास्थ्यकर्मीले जानकारी गराउँछन् । उनीहरुको सिफारिसको आधारमा प्रदेशको फोकल समितिले निर्णय गर्छ, चुमानले अघि भने–सम्बन्धित मन्त्रालयको समन्वयमा तत्काल हेलिकोप्टर पठाएर उद्धार गर्ने र सुविधासम्पन्न अस्पतालमा पु¥याउने काम हुन्छ ।’ उद्धारमा सहजताका लागि सिफारिस समितिको सचिवलाई संयोजक तोक्ने उनले जानकारी दिए । सरकारले तत्काल उपलब्ध हुन सक्ने जुनसुकै हेलिकोप्टर पनि प्रयोग गर्न सक्ने चुमानले बताए ।
बैठकले प्रदेश मातहत आएका सबै अस्पतालमा प्रदेश सरकारले काम थाल्ने निर्णय गरेको छ । यसअघि संघ अन्तर्गत रहेका जिल्ला जनस्वास्थ्य र स्वास्थ्य कार्यालयहरुमा प्रदेश सरकारले आफ्नो कार्यालय खोल्ने सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिईन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु