नेगम परियार,मनाङ । हिमाली जिल्ला मनाङका तल्ला भेगहरुका विद्यालयहरु खुेलेका छन । हिउँदो महिनामा जाडो बिदा पश्चात जिल्लाका तल्ला भेगहरुका सबै विद्यालयहरु जाडो बिदा पस्चात पुन सञ्चालनमा आएको हो ।
मनाङ जिल्लाका तल्ला भेगहरु ताल, धारापानी,दानाक्यु लागाएतका स्थानमा रहेका सबै बिद्यालयहरु फागुन १ गतेबाट बिद्यालयहरु सञ्चालनमा आएको हो ।
बिद्यालय ब्यबसथापन समितिको निर्णय अनुसारजाडो बिदा अगाडी पछाडी भएता पनि जिल्लामा जाडो बिदा ५० दिनको हुने गरेको शिक्षा बिकास तथा समन्य ईकाइ मनाङका प्रमुख खुलानाथ गौतमले बताए ।

गौतमका अनुसार मनाङका माथिल्ला भेगका बिद्यालयहरु भने फागुन १६ गतेबाट र नार्पाभुमी गाउँपालिकाको बिद्यालहरु भने चैत्र १ गतेबाट मात्र सञ्चालन गरिने बताए ।
मनाङका माथिल्ला भेग र नार्पाभुमी गाउँपालिकामा मानिस नभएकाले जाडोमा अन्यनत्र जाने हुदा नर्फकिएकोले यी ठाउँहरुका बिद्यालयहरु सञ्चालनमा अलि ढिलाई नै हुने गरेको गौतमले बताए ।
नासोँ गाउँपालिका वडा नं.५ स्थित प्रकाश ज्योति माध्यामिक बिद्यालयका प्र.अ.पदमराज पन्थीका अनुसार मनाङका तल्ला भेगहरुको सबै बिद्यालय फागुन १ बाट सञ्चालनमा आएको बताए ।
आज सामान्यरुपमा बिद्यार्थीहरुको संख्या भएको र अब सबै बिद्यार्थी बिद्यालय आउने पनि पन्थीले बताए । पन्थी २७ गते नै मनाङ आई आज बाट बिद्यालय सञ्चालन गरेको र सबै शिक्षक र बिद्यार्थी भने नआइसकेको प्रकाश ज्योति माध्यामिक बिद्यालयका प्र.अ.पदमराज पन्थीले बताए ।
शनिबार सम्म सबै शिक्षकहरुलाई कार्य क्षेत्रमा आईपुग्ने पन्थीले बताए ।
पन्थीले थप्दै भने, हाम्रो बिद्यालय चाडै नै आवाशिय बिद्यालय बनाउनमा लागी परेकोले शिक्षकहरु पनि सो काममा लागी परेका कारण पुरा शिक्षक बिद्यालयमा नआई सकेको बताए । मनाङको शिक्षाको गुणस्थर बढाई बिद्यार्थीहरुको सहजताका लागी आवाशिय बिद्यालय अति आवश्यक भएकोले आवाशिय बिद्यालय बनाउनमा बिद्यालय, अभिभावक,तथा गाउँपालिका लागी परेको समेत प्रकाश ज्योति माध्यामिक बिद्यालयका प्र.अ.पदमराज पन्थीले बताए ।
मनाङ जिल्लामा पहिलो पटक सदरमुकाम चामेमा रहेको लोकप्रिय मा.बि.ले आवाशिय बिद्यालयको सुरुवात गरेको थियो । मनाङको तल्लो भेगमा मात्र १५ वटा बिद्यालयहरु छन ।
मनाङ जिल्लामा हाल सम्म २६ वटा सामुदायिक बिद्यालय र कक्षा १२ सम्म पढाई हुने माध्यामिक बिद्यालय २ वटा रहेका छन भने अन्य सबै आधारभुत बिद्यालयहरु हुन ।
सम्बन्धित खबर
‘बाढीमा बेपत्ता भएकालाई मृत घोषणा गर्न १२ वर्ष कुर्न हुँदैन, निर्णय होस्’
देउवालाई गगनको व्यंग्य– वडा अधिवेशनको उद्घाटन गर्न आइदिनुस्
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !