मनाङको तल्लो भेगका सबै विद्यालय खुले: नार फु र उपर मनाङका विद्यालय खुल्न अझै बाकी

मनाङको तल्लो भेगका सबै विद्यालय खुले: नार फु र उपर मनाङका विद्यालय खुल्न अझै बाकी

51822105_580814079054155_6193014245769084928_n

नेगम परियार,मनाङ । हिमाली जिल्ला मनाङका तल्ला भेगहरुका विद्यालयहरु खुेलेका छन । हिउँदो महिनामा जाडो बिदा पश्चात जिल्लाका तल्ला भेगहरुका सबै विद्यालयहरु जाडो बिदा पस्चात पुन सञ्चालनमा आएको हो ।

मनाङ जिल्लाका तल्ला भेगहरु ताल, धारापानी,दानाक्यु लागाएतका स्थानमा रहेका सबै बिद्यालयहरु फागुन १ गतेबाट बिद्यालयहरु सञ्चालनमा आएको हो ।

बिद्यालय ब्यबसथापन समितिको निर्णय अनुसारजाडो बिदा अगाडी पछाडी भएता पनि जिल्लामा जाडो बिदा ५० दिनको हुने गरेको शिक्षा बिकास तथा समन्य ईकाइ मनाङका प्रमुख खुलानाथ गौतमले बताए ।

गौतमका अनुसार मनाङका माथिल्ला भेगका बिद्यालयहरु भने फागुन १६ गतेबाट र नार्पाभुमी गाउँपालिकाको बिद्यालहरु भने चैत्र १ गतेबाट मात्र सञ्चालन गरिने बताए ।

मनाङका माथिल्ला भेग र नार्पाभुमी गाउँपालिकामा मानिस नभएकाले जाडोमा अन्यनत्र जाने हुदा नर्फकिएकोले यी ठाउँहरुका बिद्यालयहरु सञ्चालनमा अलि ढिलाई नै हुने गरेको गौतमले बताए ।

नासोँ गाउँपालिका वडा नं.५ स्थित प्रकाश ज्योति माध्यामिक बिद्यालयका प्र.अ.पदमराज पन्थीका अनुसार मनाङका तल्ला भेगहरुको सबै बिद्यालय फागुन १ बाट सञ्चालनमा आएको बताए ।

आज सामान्यरुपमा बिद्यार्थीहरुको संख्या भएको र अब सबै बिद्यार्थी बिद्यालय आउने पनि पन्थीले बताए । पन्थी २७ गते नै मनाङ आई आज बाट बिद्यालय सञ्चालन गरेको र सबै शिक्षक र बिद्यार्थी भने नआइसकेको प्रकाश ज्योति माध्यामिक बिद्यालयका प्र.अ.पदमराज पन्थीले बताए ।

शनिबार सम्म सबै शिक्षकहरुलाई कार्य क्षेत्रमा आईपुग्ने पन्थीले बताए ।
पन्थीले थप्दै भने, हाम्रो बिद्यालय चाडै नै आवाशिय बिद्यालय बनाउनमा लागी परेकोले शिक्षकहरु पनि सो काममा लागी परेका कारण पुरा शिक्षक बिद्यालयमा नआई सकेको बताए । मनाङको शिक्षाको गुणस्थर बढाई बिद्यार्थीहरुको सहजताका लागी आवाशिय बिद्यालय अति आवश्यक भएकोले आवाशिय बिद्यालय बनाउनमा बिद्यालय, अभिभावक,तथा गाउँपालिका लागी परेको समेत प्रकाश ज्योति माध्यामिक बिद्यालयका प्र.अ.पदमराज पन्थीले बताए ।

मनाङ जिल्लामा पहिलो पटक सदरमुकाम चामेमा रहेको लोकप्रिय मा.बि.ले आवाशिय बिद्यालयको सुरुवात गरेको थियो । मनाङको तल्लो भेगमा मात्र १५ वटा बिद्यालयहरु छन ।

मनाङ जिल्लामा हाल सम्म २६ वटा सामुदायिक बिद्यालय र कक्षा १२ सम्म पढाई हुने माध्यामिक बिद्यालय २ वटा रहेका छन भने अन्य सबै आधारभुत बिद्यालयहरु हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ