पोखर । यही फागुन ७ गते पोखरामा हुने ु१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनु को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले प्रतियोगिताको तयारी बारे जानकारी गराउँदै अघिल्लो संस्करण भन्दा १३ औं संस्करणमा आफूहरु बढी उत्साहित भएको बताए ।
प्रतियोगितालाई सफलपार्न २६ वटा उपसमिति बनाएर र तयारी तिव्र पारेको जनाउदै अध्यक्ष गुरुङले हाल सम्म ३ सय ५७ वटा संघ–संस्था संग समन्वय गरी अघि बढेकाले थप उत्साहित भएको बताए । उनले अहिले विभिनन संघसंस्था तथा खेलप्रेमी महानुभावबाट सहयोग समेत उपलब्ध भइरहेको बताए । शनिबार आयोजित्र पत्रकार सम्मेलनमा विभिन्न संस्थाहरुले सहयोग रकम हस्तान्तरण पनि गरे ।
प्रतियोगिताले पोखरा महानगरपालिकाका १७ वटा वडाहरुलाई छुने बताउँदै अध्यक्ष गुरुङले वडा अध्यक्षहरुले प्रतियोगिताको तयारीको लागि सहयोग गरेको उल्लेख गरे ।
प्रतियोगितामा जापान, चाईना, फ्रान्स सहितका युरोपका समेत धावकहरु सहभागी हुनेभएको उनले जनाए । म्याराथनको ४२ किलोमिटरको दुरीलाई १२ भागमा बिभाजन गरी एम्बुलेन्स सहितको स्वयम सेवकको राम्रो प्रवन्ध मिलाएको अध्यक्ष गुरुङको भनाई थियो । मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले यसपटक प्रविधीमैत्री प्रतियोगिता हुने तयारी भएको जनाए ।

तस्बिरः सुदर्शन रंजित
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला