बागलुङ जीप दुर्घटनामा ३ विद्यार्थीसहित ४ जनाको मृत्यु, पर्वत ट्रयाक्टर दुर्घटनामा २ को मृत्यु

बागलुङ जीप दुर्घटनामा ३ विद्यार्थीसहित ४ जनाको मृत्यु, पर्वत ट्रयाक्टर दुर्घटनामा २ को मृत्यु

jeep

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८, छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। ध१ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो। जैमिनी नगरपालिका–८, छिस्तीस्थित जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किंंदै गरेका विद्यार्थी तथा अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले बताए।

दुर्घटनामा सोहि विद्यालयमा पढ्ने १२ वर्षिया ज्योती पुन, १५ वर्षिया प्रियंका पुन, १३ वर्षिया एलिना पुन र ३१ वर्षिय शिक्षक तुलसी पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए। घाईते हुनेहरुमा ३० वर्षिया धना श्रीस, १६ वर्षिया विष्णा श्रीस, १५ वर्षिया तृष्णा पुन, १३ वर्षिय बिशाल परियार, १२ वर्षिया सविना थापा, ५० वर्षिया नन्दकली श्रीस, ५८ वर्षिया मानकुमारी थापा, १२ वर्षिय निर्मल पुन, १२ वर्षिया पूजा पुन, १६ वर्षिय संगम श्रीस र १२ वर्षिया संझना पुन ।

घाइते ४ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि रातिनै पोखरा पठाइएको तथा बाँकी ६ जनाको बागलुङस्थित धौलागीरि अञ्चल अस्पतालमा उपचार भइरहेको रेग्मीले बताए। सडकदेखि करीब ७ सय मिटर तल खसेको जीपमा यती नै मानवीय क्षति भएको एकिन गर्न नसकिएको अधिकारीको भनाइ छ।

’फराकिलो भए पनि भिरालो बाटो भएका कारण चालकलाई केही समस्या पर्न गई दुर्घटना भएको प्रारम्भिक अनुमान छ, थप अनुसन्धान जारी छ’, प्रहरी उपरिक्षक रेग्मीले भने।

उनका अनुसार दुर्घटनाको खबर पाउनासाथ बागलुङबाट गएको प्रहरी टोली तथा स्थानीयको सहयोगमा राति नै उद्दार कार्य गरिएको थियो।

यसैबिच, पर्वतको बिहादी गाउँपालिका – ५ उरामपोखरामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो साँझ ध १ च ३१५ नम्वरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय ट्याक्टरका मालिक पदमबहादुर नेपाली र ट्याक्टरका सहचालक विक्कु केसीको मृत्यु भएको हो ।

नेपालीको घटनास्थलमै र केसीको उपचारका क्रममा स्याङजा लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ट्याक्टरका चालक भने सकुसल रहेका र अहिले प्रहरीको नियन्त्रणमा रहेका बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds