पोखरा, फागुन ७ । नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पोखराका होटल तथा पर्यटन व्यवसायी विप्लव पौडेल नियुक्त भएका छन् । सोमबारको मन्त्रीस्तरीय बैठकले पौडेललाई सदस्यमा नियुक्त गरेको हो । पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पौडेललाई बोर्ड सदस्यमा मनोनयन मन्त्रीपरिषद्मा पठाएका हुन् ।
पौडेल पोखराको वाराही हस्पिटालिटी ग्रुपका कार्यकारी निर्देशक हुन् । पौडेलसँगै धादिङकी पर्यटन व्यवसायी पम्फा धमला पनि बोर्ड सदस्यमा नियुक्त भएकी छन् । पोखरा पर्यटकीय शहर हुँदा हुँदै पनि पछिल्लो तीन बर्ष यता यो क्षेत्रबाट पर्यटन बोर्डमा प्रतिनिधित्व थिएन । पौडेलको नियुक्तीले पोखरा र गण्डकी प्रदेशको प्रतिनिधित्व गरेको छ । उनको कार्यकाल ३ बर्षको रहनेछ ।
पर्यटन बोर्डको सदस्य नियुक्त भएका पौडेल पोखराको बाराही हस्पिटालिटी गु्रपका कार्यकारी निर्देशक हुन् । नेपाल पर्यटन बर्ष–२०११ को कार्य सम्पादन समिति सदस्य र पश्चिमाञ्चल क्षेत्रका संयोजक बनेर काम गरी सकेका पौडेले नेपाल भ्रमण बर्ष–२०२० को कार्य सम्पादक समिति सदस्य समेत हुन ।
विद्यार्थी जिवनबाटै पर्यटन व्यवसायमा सकृय बनेका पौडेल पश्चिमाञ्चल होटल संघ पोखराका पूर्व अध्यक्ष हुन भने नेपाल होटल संघका केन्द्रिय सदस्य छन । पर्यटन बोर्ड सदस्यमा नियुक्त भए पछि छोटो प्रतिक्रिया दिँदै पौडेलले सरकारले विश्वास गरेर दिएको जिम्मेबारी ईमान्दारितापूर्वक पुरा गर्ने बताए । “गण्डकी प्रदेशको मात्र नभएर देशकै पर्यटन उद्योग समृद्ध बनाउन आफ्नो क्षमताले भ्याएसम्म प्रयत्न गर्नेछु ।’ पौडेलले भने–“सरकारले निर्धारण गरेका लक्ष्य पुरा गर्न दत्तचित्त बनेर लाग्नेछु ।
मन्त्री अधिकारीले पौडेलसंगै धादिङकी पर्यटन व्यवसायी पम्फा धमलालाई पनि बोर्ड सदस्यमा नियुक्त गरेका छन् । सफल महिला पर्यटन व्यवसायी धमला बोर्डका पूर्व सञ्चालक समिति सदस्यसमेत हुन् । उनी लाङटाङ रि ट्रेकिङका प्रबन्ध निर्देशकसमेत हुन् ।
सञ्चालक समिति सदस्यद्धय कृष्ण अर्याल र पूर्ण बहादुर कुँवरको समयावधि सकिएपछि नयाँ बोर्ड सदस्य छनोट प्रक्रिया अघि बढाइएको थियो । नयाँ बोर्ड सदस्य छनोटका लागि टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल टानका अध्यक्ष नवराज दाहाल र नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाका अध्यक्ष सिएन पाण्डे लगायत संलग्न रहेको एक सिफारिस कमिट गठन गरिएको थियो ।
डिएनएनेपालबाट ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो