तनहुँ । सत्यवती माध्यामिक विद्यालयमा जिल्ला सुधारका लागी समाजिक उत्थान (डिसु) नेपालले सेनेटरी प्याड वितरण तथा छात्राहरुलाई महिनावारी सम्बन्धी प्रशिक्षण दिएको छ ।
संस्थाले आजको बालबालिका भोलिका कर्णधार, भेदभाव रहित माया विश्वसनिय आधार भन्ने नाराका साथ कृष्णहरी पौडेल (कृष नेपाल)को विशेष सहयोगमा विद्यार्थीलाई वातावरणमैत्री सेनेटरी वितरणका साथै सेनेटरी प्याडको निर्माण, प्रयोग र वातावरणमैत्री सेनेटरी प्याडका फाइदाका साथै प्रजनन स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिएको हो ।
महिनावारी हुदाँ किशोरीहरु विद्यालय आउनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले धोएर पुन: प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण गरेको संस्थाकी अध्यक्ष नोमा थापाले जानकारी दिइन् ।
बजारमा पाइने प्याड सर्वशुलभ नभएको, स्वास्थ्यलाई असर पार्नुका साथै वातावरणमा समेत असर पार्ने भएकाले धोएर पुन प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्न तर्फ छात्राहरुलाई प्रोत्साहन गर्न पनि कार्यक्रम आयोजना गरेको थापाले बताइन् ।

विद्यालयका कक्षा ६ देखी १० सम्मका ६० जना छात्रालाई सरसफाइका सामग्री सहित सेनेटरी प्याड किट वितरण गरेको गरिएको थियो ।
सोही अवसरमा सेनेटरी प्याड निर्माण सम्बन्धी प्रशिक्षक कृष्णहरी पौडेलले धोएर प्रयोग गर्न मिल्ने सेनेटरी प्याड निर्माण तथा महिनावारीका बारेमा प्रशिक्षण दिएका थिए ।
कटन, फ्लाटिन र गोटाक्सको कपडाबाट बनाइने उक्त धुन मिल्ने सेनेटरी प्याड एक पटक निर्माण गरेपछि ३ वर्षसम्म प्रयोग गर्न मिल्ने पौडेलले बताए । वातावरणमैत्री त्यस प्रकारको सेनेटरी प्याड प्रयोग गर्न सहज हुनुका साथै शुलभ पर्ने समेत पौडेलले बताए ।
महिलाहरुले सामन्य कुराहरुको बारे ख्याल नगर्दा उनीहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने गरेको भन्दै महिनावारीको समयमा विशेष ध्यान दिन छात्राहरुलाई आग्रह गरे ।
यस अघि कार्यक्रममा बोल्दै व्यास २ का वडा अध्यक्ष काशीराम श्रेष्ठले महिनावारी प्राकृतिक प्रकृया भएकाले यस बारे सल्लाह र परामर्श लिन हिचकिचाउन नपर्ने बताए । विद्यालयमा किशोरीहरुका लागी सेनेटरी प्याड उपलब्ध हुन अति आवश्यक भएकाले वडाबाट विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यभक्त भण्डारीले छात्राहरुका लागी अति उपयोगी भएकाले कक्षा ६ देखी १० कक्षासम्मका विद्यार्थीहरुलाई सेनेटरी प्याड निर्माण सम्बन्धी सीप हस्तान्तरण गरिदिन माग गरेका थिए ।
कार्यक्रममा व्यास नगरपालिकाकी कार्यकारी बोर्ड सदस्य कल्पना पोख्रेल, विद्यालय व्यवस्थापन समितिका सदस्य पोस्तमान श्रेष्ठ, लगायतले सरकारले सेनेटरी प्याड निशुल्क उपलब्ध गराउनुपर्ने बताएका थिए । साथै महिनावारीलाई स्वाभाविक प्रकृयाको रुपमा लिएर स्वास्थ्य प्रति सचेत हुन आग्रह गरे ।
विद्यालय प्रअ इन्द्र प्रसाद पौडेलले किशोरीहरुमा आउने शारिरीक परिवर्तनलाई सहज र सकारात्मक रुपले आत्मासाथ गर्ने चेतनाको विकासमा कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्दै डिसु नेपालप्रति आभार व्यक्त गरे ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्