तनहुँ । सत्यवती माध्यामिक विद्यालयमा जिल्ला सुधारका लागी समाजिक उत्थान (डिसु) नेपालले सेनेटरी प्याड वितरण तथा छात्राहरुलाई महिनावारी सम्बन्धी प्रशिक्षण दिएको छ ।
संस्थाले आजको बालबालिका भोलिका कर्णधार, भेदभाव रहित माया विश्वसनिय आधार भन्ने नाराका साथ कृष्णहरी पौडेल (कृष नेपाल)को विशेष सहयोगमा विद्यार्थीलाई वातावरणमैत्री सेनेटरी वितरणका साथै सेनेटरी प्याडको निर्माण, प्रयोग र वातावरणमैत्री सेनेटरी प्याडका फाइदाका साथै प्रजनन स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिएको हो ।
महिनावारी हुदाँ किशोरीहरु विद्यालय आउनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले धोएर पुन: प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण गरेको संस्थाकी अध्यक्ष नोमा थापाले जानकारी दिइन् ।
बजारमा पाइने प्याड सर्वशुलभ नभएको, स्वास्थ्यलाई असर पार्नुका साथै वातावरणमा समेत असर पार्ने भएकाले धोएर पुन प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्न तर्फ छात्राहरुलाई प्रोत्साहन गर्न पनि कार्यक्रम आयोजना गरेको थापाले बताइन् ।
विद्यालयका कक्षा ६ देखी १० सम्मका ६० जना छात्रालाई सरसफाइका सामग्री सहित सेनेटरी प्याड किट वितरण गरेको गरिएको थियो ।
सोही अवसरमा सेनेटरी प्याड निर्माण सम्बन्धी प्रशिक्षक कृष्णहरी पौडेलले धोएर प्रयोग गर्न मिल्ने सेनेटरी प्याड निर्माण तथा महिनावारीका बारेमा प्रशिक्षण दिएका थिए ।
कटन, फ्लाटिन र गोटाक्सको कपडाबाट बनाइने उक्त धुन मिल्ने सेनेटरी प्याड एक पटक निर्माण गरेपछि ३ वर्षसम्म प्रयोग गर्न मिल्ने पौडेलले बताए । वातावरणमैत्री त्यस प्रकारको सेनेटरी प्याड प्रयोग गर्न सहज हुनुका साथै शुलभ पर्ने समेत पौडेलले बताए ।
महिलाहरुले सामन्य कुराहरुको बारे ख्याल नगर्दा उनीहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने गरेको भन्दै महिनावारीको समयमा विशेष ध्यान दिन छात्राहरुलाई आग्रह गरे ।
यस अघि कार्यक्रममा बोल्दै व्यास २ का वडा अध्यक्ष काशीराम श्रेष्ठले महिनावारी प्राकृतिक प्रकृया भएकाले यस बारे सल्लाह र परामर्श लिन हिचकिचाउन नपर्ने बताए । विद्यालयमा किशोरीहरुका लागी सेनेटरी प्याड उपलब्ध हुन अति आवश्यक भएकाले वडाबाट विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यभक्त भण्डारीले छात्राहरुका लागी अति उपयोगी भएकाले कक्षा ६ देखी १० कक्षासम्मका विद्यार्थीहरुलाई सेनेटरी प्याड निर्माण सम्बन्धी सीप हस्तान्तरण गरिदिन माग गरेका थिए ।
कार्यक्रममा व्यास नगरपालिकाकी कार्यकारी बोर्ड सदस्य कल्पना पोख्रेल, विद्यालय व्यवस्थापन समितिका सदस्य पोस्तमान श्रेष्ठ, लगायतले सरकारले सेनेटरी प्याड निशुल्क उपलब्ध गराउनुपर्ने बताएका थिए । साथै महिनावारीलाई स्वाभाविक प्रकृयाको रुपमा लिएर स्वास्थ्य प्रति सचेत हुन आग्रह गरे ।
विद्यालय प्रअ इन्द्र प्रसाद पौडेलले किशोरीहरुमा आउने शारिरीक परिवर्तनलाई सहज र सकारात्मक रुपले आत्मासाथ गर्ने चेतनाको विकासमा कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्दै डिसु नेपालप्रति आभार व्यक्त गरे ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा सडक विस्तार: म्याद सकियो तर काम सकिएन
तनहुँमा बुवाको हत्या आरोपमा छोरा पक्राउ
पोखरा आउँदै गरेको कार तनहुँमा दुर्घटना, चार जना घाइते
तनहुँमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
भिमादमा आयोजित मगर भाषा–लिपि तथा संस्कारसम्बन्धी पाँच दिने प्रशिक्षणको समापन
तनहुँमा रोकिराखेको बसमा कार ठोक्कियो, पोखराका ३ युवा घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग