अपरिपक्व युवा संघको कारण चर्चित बन्न पुगेको लोकदोहोरी ‘गीत लुट्न सके लुट् कान्छा गीत’ लाई काँग्रेसले राजनीतिक अस्त्र बनाएको आरोप लागिरहँदा पोखराबाट काँग्रेस सांसदले पनि सर्जकलाई ५१ हजार दिने घोषणा गरेका छन् ।
सर्जक शर्मालाई युवा संघले चर्को चेतावनी दिएपछि जनताको साथ मिलेको सो गीत सडकमा घन्कियो भने संसद भवनभित्र पनि चर्चा भयो । काँग्रेस सांसद अमरेश कुमार सिंहले फागुन महिनाको तलबबाट २५ हजार रुपैयाँ गायक शर्मालाई दिने घोषणा पनि गरेका थिए भने सोहि दिन संसदमा सत्तारुढ नेकपाका सांसद झपडबहादुर रावलले कडा जवाफ फर्काउँदै सिंहले पशुपति शर्माको गीत गाएमा आफूले फागुन महिनाको पूरै तलब सिंहलाई नै दिने घोषणा गरेका थिए ।
पोखरामा पनि पत्रकारहरुमाझ प्रतिनिधिसभा सांसद तथा उद्योगपति सूर्यबहादुर केसीले ५१ हजार रुपैयाँ सहयोगको घोषणा गरेका हुन् । मंगलबारसांसद केसीले गायक शर्मालाई प्रोत्साहन स्वरुप आफ्नो तलबभत्ता वापत आउने ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
राष्ट्रको गहना कलाकारलाई हौसला प्रदान गर्नुपर्नेमा सृजना नै मास्ने कार्य भएको भन्दै विरोध जनाए । गीतसंगीत मार्फत जनचेतना फैलाउँदै रोयल्टी मार्फत आफ्नो गुजरा चलाउँदै आएका कलाकारलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड छ । पछिल्लो समय लुट्न सके लुट कान्छा भन्ने गीत निकै चर्चा र विवादको उत्कर्षमा छ । गीत विवादमा तानिएपछि शर्माले नै युट्युवबाट हटाएका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु