तनहुँ । भ्रष्टाचारको जगमा समृद्धिको यात्रा अघि बढ्न नसक्ने नेपालि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । निर्मल माविको स्वर्ण महोत्सवको समारोहमा बोल्दै पौडेलले सो कुरा बताएका हुन ।
“सरकार बनेको १ वर्ष भइसक्यो तर यहा विकास, प्रगति र सम्वृद्धिको कुनै रुप रेखा देखिदैन ।“,वरिष्ठ नेता पौडेल भने । शिक्षामा नेपालले प्रगति गर्दै गईरहेको छ अब संविधानमा उद्घोष गरे जस्तै समाजबाद उन्मुख समाज निर्माण हुने उनले बताए ।
“भ्रष्टाचारको अन्त्य हुनुपर्छ, भ्रष्टाचार निरुत्साहित गरिनुपर्छ अनि मात्र विकास सम्भव हुने पौडेलले बताए । देश बनाउने हो भने सुशासन पहिले आवश्यकता हो, शान्ति अर्को आवश्यकता हो भने विकास अर्को आवश्यकता हो ।“ पौडेलले भने ।
तनहुँका ५९६ वटा विद्यालयले शिक्षामा राम्रो प्रगति गरिरहेको वरिष्ठ नेता पौडेलले बताए । सरकारले शिक्षामा अर्बौको लगानी गरेको छ तर लगानी अनुसार प्रगति भएको छैन । सरकारले गरेको लगानी निरर्थक भइरहेको वरिष्ठ नेता पौडेलले बताए ।
सिपयुक्त शिक्षा आजको आवश्यता हो । प्राकृतिक स्रोत साधनले धनी हाम्रो देश व्यवहारमा गरिब भएको उनले सो अवसरमा बताए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते