श्यामशितल परियार, लमजुङ । बेसीशहर नगरपालिका–३, गाउँशहरमा रहेको लमजुङ माविमा अध्ययनरत छात्राहरुलाई एक दिने आत्मरक्षा तालिम प्रदान गरिएको छ ।
लमजुङ जेसीसको आयोजना, संचारिका समुह लमजुङ, जिल्ला प्रहरी कार्यालय लमजुङ र मस्र्याङ्दी करातँे डोजो भोटेओडार समन्वयमा लमजुङ माविका छात्राहरुलाई एक दिने आत्मरक्षा तालिम प्रदान गरिएको हो ।
तालिममा सहभागी ९० जना छात्राहरुलाई ‘सेल्फ डिफेन्स’ र हिंसा हुँदा कसरी प्रतिकार गर्ने ? भन्ने बारे जानकारी गराइएको लमजुङ जेसीस वर्ष–२०१९ का अध्यक्ष पायल शर्माले बताए ।
‘छात्राहरुलाई भयमुक्त बनाउँदै आफ्नो सुरक्षा आफैं गर्न सक्ने वैचारिक एवं शारीरिक क्षमता अभिवृद्धि गर्न आत्मरक्षा तालिम दिईएको हो,’ उनले भने ।

देशमा पछिल्लो समय महिला हिंसा तथा महिला दुव्र्यवहारका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको कारण महिला हिंसा र दुव्र्यवहारका घटना न्युनिकरणका लागि फरक तरिकाले सोच्ने र प्रत्येक नारीलाई आफ्नो रक्षा आफैं गर्न सक्षम बनाउने उद्धेश्यका साथविद्यालयमै पुगी छात्राहरुलाई तालिमप्रदान गरिएको ंसंचारिका समुह नेपाल लमजुङका अध्यक्ष शान्ता कमलीले बताइन ।
पछिल्लो समय समाजमा हुने गरेका महिला हिंसाका घटनालाई न्युनिकरण गर्नका लागी यस्ता तालिमको आवश्यकता रहेको लमजुङ माविको कक्षा–९, मा पढ्ने छात्रा सुस्मिता विकले बताइन । ‘तालिमले आफुहरुमा आत्मविश्वास बढेको छ,’ उनले भने ।
सम्बन्धित खबर
सिंहदरबार जलाउने पनि चुनावी मैदानमा
‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
रास्वपाको प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल फेला
प्रधानमन्त्री कार्कीले गरिन् देशबासीका नाममा सम्बोधन (पूर्णपाठ)
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला