पोखरा, १२ फागुन । नेपाल प्रेस युनियन कास्कीको आइतबार सम्पन्न नवौं अधिवेशनबाट नविन सिग्देल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष सिग्देलले ७७ मत प्राप्त गर्दा प्रतिस्पर्धी माधव रेग्मीले ६६ र यदुनाथ वञ्जराले १७ मत प्राप्त गरेका थिए । अधिवेशनमा अध्यक्ष र सचिवमा निर्वाचन भए पनि अरु पद भने सर्वसम्मत चयन भएको थियो । यसैगरी सचिवमा प्रदिप पौडेल ८० मत ल्याई विजयी हुदा प्रतिस्पिर्धी भुपाल गुरुङले ५९ र सन्दिप पौडेलले २० मत प्राप्त गरे ।
समितिको खुल्ला उपाध्यक्षमा प्रकाशचन्द्र सापकोटा, महिला उपाध्यक्षमा रविना आले, कोषाध्यक्षमा विजय लम्साल सहसचिवमा ज्योति हमाल सर्वसम्मत भए । यस्तै, खुल्ला सदस्यहरुमा कमल पौडेल, सन्तोष वस्याल, ठगराज शर्मा(विराज) सन्तोष सुवेदी, हरि पन्त, धनबहादुर गुरुङ (सुमन), मधु अधिकारी, सम्राट गुरुङ सुवाष पौडेल, अनिशा(जयन्ती) श्रेष्ठ, सुवाष आचार्य, महेन्द्र ढुंगाना तथा महिला सदस्यमा सपना अधिकारी ,भावना श्रेष्ठ र दलित सदस्यमा विजय नेपाली निर्विरोध निर्वाचित भए ।
प्रदेश पार्षदमा टंकराज अधिकारी, कमल पौडेल अथक, हिमनिधी लौडारी केदार धमला, यज्ञराज पौडेल, पल्हादचन्द्र घिमिरे, दामोदर आचार्य, रामजी जिसी, बोधराज रेग्मी, मनोहरी पौडेल, सुदर्शन रञ्जित, राजेन्द्र आचार्य, महेन्द्र ढुंगाना, सुवाष आचार्य, अनन्त अधिकारी, नविन बराल, रमेश आचार्य, राजु ढकाल, पदम श्रेष्ठ, राममाया पौडेल, कमल बराल, धनबहादुर वस्नेत, मदन वस्नेत, मनोज गुरुङ, विजय अधिकारी, ललित गुरुङ, हरिप्रसाद भट्टराई, बेदनिधि तिमिल्सिना, शंकर तिवारी, उमेश पुन, निराजन अधिकारी, ओम लामा, सूर्यप्रसाद ढकाल अभियान कोईराला, विमल तिवारी तथा महिला पार्षदमा रविना आले, पारिजात खराल, अनिषा श्रेष्ठ, रिमा शाही, देविका तामाङ, रञ्जु आले, शोभा नेपाल, श्रद्धा सुवेदी, लक्ष्मी आले सृजना बराल र सम्पदा बास्तोला रहेका छन्
केन्द्रीय पार्षदमा शिरोमणि बराल, गंगाधर पराजुली, रविन्द्रनाथ बास्तोला, राजबहादुर गुरुङ हेमराज बराल, प्रा.डा.बलराम उपाध्याय रेग्मी, वासुदेव मिश्र, तारानाथ गौतम पाखे, भरत कोइराला, वासुदेव पौडेल, वसन्तराज अधिकारी, ईश्वरप्रसाद भट्टराई, उत्तमप्रसाद पौडेल, हर्क आले, सुदिपराज ढुंगाना, परशुराम शर्मा, गणेश पहारी, रेमबहादुर विक, विष्णुप्रसाद खनाल, सोमनाथ बराल, भानु पराजुली, कविराज खनाल, कमल पराजुली, नगेनसिंह ठकुरी, रामप्रसाद भूर्तेल तथा महिला पार्षदमा विमला भण्डारी, सरस्वती गुरुङ, इन्दिरा गुरुङ, गिता विष्ट, सपना अधिकारी, भावना श्रेष्ठ सिता रेग्मी रहेका छन् ।
नवौं अधिवेशनका केन्द्रीय प्रतिनिधि तथा नेपाल प्रेस युनियन सुदुरपश्चिमका संयोजक लाल एरी तथा निर्वाचन संयोजक विष्णुप्रसाद शर्मा, सदस्य कृष्णकुमारी गुरुङ र सदस्य टंकराज अधिकारीले निर्वाचन गराएका थिए । प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले संगठनलाई मजवुद बनाउन यो कार्य समिति तल्लिन भएर लाग्ने विश्वास व्यक्त गरे ।
निर्वाचित अध्यक्ष निवन सिग्देले प्रेस युनियनको उचाई बढाउनमा आफु र आफ्नो समिति सधै तल्लिन हुने बताए । निवर्तमान अध्यक्ष शिरोमणि बरालले अधिवेशनलाई सफल बनाउने सवैप्रति आभार व्यक्त गरे ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने