तनहुँ । तनहुँको सदरमुकाम दमौली स्थित मालपोत लाइनमा चोरी गर्ने एक जना लाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका वडा नं ३ बिसघरे स्थायी घर भएर हाल वडा नं १ भादगाउँ बस्ने वर्ष २५ को राम थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
शनिबार ब्यास नगरपालिका वडा नं २ मालपोतलाईनमा रहेको मिना सुनारको घरमा डेरा गरी बस्ने युवराज आलेको ढोकामा लगाएको चुकुल फोरेर चोरी गरेको प्रहरीले जनाए छ ।
कोठा भित्र राखेको विभिन्न दरका नेपाली १७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
अपराधमा संलग्न ब्यक्तीको खोजतलास एवं निग्रानी गर्दा आइतबार बिहानै अध्यारो समयमा व्यास नगरपालिका वडा नं ४ भोर्लेटार चोकबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
राम मगरलाई काठमाण्डौ जानको लागी बस रोक्दै गरेको अवस्थामा देखि भेटी उनको शरिर तलासी लिँदा पाईन्टको पछाडी दाहिने पट्टी गोजीमा १० हजार २५० फेला परेको जिल्ला प्रहरी कर्यालय तनहुँले जनाएको छ ।
उक्त नगद रुपैया बरामद गरी उनलाई पक्राउ गरि नकबजनी चोरी मुद्दामा तनहुँ जिल्ला अदातलमा उपस्थित गराई म्यादथप अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
साथै राम बहादुर थापाले सोधपुछको क्रममा गत कार्तिक ३ गते व्यास नगरपालिका वडा नं २ मालपोत लाईन अगाडी रहेको सिताराम प्रसाद बानियाँको डेराकोठाबाट ६० हजार रुपैया र गत पुस ८ गते व्यास नगरपालिका वडा नं २ अमरापुरी बस्ने राज किशोर पण्डितको घरबाट २३ हजार रुपैयाँ चोरी गरेको खुलाएको छन ।
सो सम्बन्धमा समेत थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला