तनहुँ । तनहुँको आदिकवि भानुभक्त क्याम्पसले क्याम्पसका विद्यार्थीलाई करिअर टक कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थी लाई संविधानविद डा.भिमार्जुन आचार्यले प्रस्तुति दिएका थिए ।
पेशामा स्थापित हुन आफुले विगतमा गरेका संघर्षलाई समेत आचार्यले विद्यार्थी माझ राखेका थिए । “सफल व्यक्तित्व हुन एक युवकका चुनौती के हुन सक्दछन” भन्ने विषयमा आइतबार क्याम्पसले आयोजना गरेको कार्यक्रममा सो कुरा बताएका थिए ।
कार्यक्रममा आचार्यले २ बोरा किताब र पुरानो हार्मोनियम बोकेर पहिलो चोटि अपरिचितहरु बस्ने काठमाडौ सहरमा एक्लै रात्रीबसबाट उत्रदाको क्षण, राजधानीका सुरुवाती दिनामा बोर्डिङको शिक्षक भएर बिताएका कठिन तर जिवनको लक्ष्यमा अडिग रहदाको तन्नेरीकालका दिनहरु, समेत बताएका थिए ।
लेखन र अध्यानमा आफुलाइ परिस्कृत गर्न गरेका प्रयत्नहरु, स्वतन्त्रता, प्रजातन्त र नेपाली समाजका मुल्यहरु, हिन्दी सिनेमाको वकिल पात्रको चरित्रबाट प्रभावित भएर वकिल बन्ने लक्ष लिए पछिका पेशाका उतार चढावहरु समेत उनले बताएका थिए ।
त्यस्तै संगीत साधनाले मानसिक थेरापिको काम कसरी गर्दछ भन्ने बिषयमा आचार्यले बोलेका थिए । कार्यक्रममा सहभागी बिध्यार्थी र प्राध्यापकले राखेको जिज्ञासाको डा आचर्यले उत्तर दिएका थिए ।
खादा ओडाएर स्वागत गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतले डा आचार्यसंगको सक्षात्कारबाट सहभागीहरुलाइ प्रेरणा मिलेको बताए।
अध्यक्ष बस्नेतले डा आचार्यलाई क्याम्पसको तर्फबाट मायाको चिनो समेत प्रदान गरेका थिए । कार्यक्रमको सुरुवातमा क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले डा आचार्यलाइ स्वागत गर्दै उमको परिचय गराए थिए । कार्यक्रममा तनहुँका प्रहरी प्रमुख एसपि सिद्दी बिक्रम शाहको पनि उपस्थिती रहेको थियो ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन