तनहुँ । तनहुँको आदिकवि भानुभक्त क्याम्पसका युवा पुस्तासंग समाजसेवी भिम बहादुर अधिकारिले अन्तरक्रिया गरेका छ्न ।
सुपरिचित समाजसेवी तथा नेपालको सरकारी सेवामा लामो समय उच्च ओहोदामा रहेर सेवा गरि सादा जीवन र उच्च बिचारका लागि चिनिएका व्यक्ति हुन, भिम बहादुर अधिकारि ।
क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका अध्ययनरत विद्यार्थी र शिक्षक माझ गेस्ट लेक्चररका रुपमा अधिकारिले आफ्ना जिवनका भोगाइ सुनाउदै युवा पुस्ता संग अन्तरक्रिया गरेका थिए ।
उनले युवाहरुले आफ्नो जिवनमा सफल हुन जिवनमा श्रम, सिप, सन्तोष र सेवालाई महत्व दिन सुझाएका थिए ।
अन्तरक्रियाका क्रममा विद्यार्थीको जिज्ञासामा अधिकारिले “आफुले अभावकै बिच पनि गैह्री खेत बन्धक राखेर दिनदुखिको सेवा गर्न मित्रहरुको सहयोग लिएर जिल्लामा ४२ बर्ष अगाडी गाउँसेवा कोषको स्थापना गरेको बताए ।
त्यस्तै समाज सेवामा अघि बढेको र त्यस कार्यमा परिवारको सदा सहयोग रहेको अधिकारीले बताए ।
“सेवा गर्दा आनन्द आउने र ईश्वरको समिप पुगेको अनुभुती हुने”, उनले बताए ।
८९ वर्षीय अधिकारिले अध्ययनमा श्रम खर्चिन र आफू सबल बनेर अरुलाई पनि सेवा गर्न नचुक्न आग्रह गरे ।
आफुले तीसको दशक देखि बृद्धभत्ताको अवधारणा तयार गरि सरकारको नीति तथा कार्यक्रममा ल्याउन सरकारलाई आग्रह गरेको तर पनि पञ्चायत कालमा राजा विरेन्द्र देखि रानी सम्म र प्रजातन्त्र पुनःस्थापन पछि पनि मन्त्री देखि प्रधानमन्त्रीसम्म लाई पटक पटक सुझाब दिए पनि सुनुवाइ नभएको तर ०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारिको पालामा आफ्नो सामाजिक सुरक्षाको अबधारणाले मुर्तरुप पाएको अधिकारीले बताए ।
तर धनी परिवारका वृद्धलाई पनि भत्ता दिइएकोमा उनको गुनासो रहेको बताउदै अधिकारिले आफ्नो सस्था गाउँ सेवा कोषले ३९ साल देखि अपांगता भएका ब्याक्तिहरुलाइ भत्ता बाड्न शुरु गरेको बताए ।
करिब ५ करोडको कोष रहेको गाउँ सेवा कोषले जिल्लामा हरेक वर्ष स्कुल देखि स्नातकोत्तर तह सम्म अध्यन गर्ने जेहेन्दार दलित अपांग गरिब र महिला बिध्यार्थिहरुलाइ छात्रवृत्ति प्रदान गर्दै उनिहरुको शिक्षामा टेवा दिदै आइरहेको छ ।
कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष राम चन्द्र बस्नेत र उपाध्यक्ष श्रीराम कार्की अधिकारिलाइ स्वागत गरेका थिए भने क्याम्पस प्रमुख महा प्रसाद हड्खले अधिकारिको परिचय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा क्याम्पसका पुर्व अध्यक्ष तारा प्रसाद श्रेष्ठ, कोषका कार्यसमिति राजेन्द्र थापा, क्याम्पसका छात्रवृत्ति सस्थापक बुद्ध श्रेष्ठ, रुम टु रिड तनहुँका मनोज सुवेदी, सहायक क्याम्पस प्रमुख सदाखर तिमिल्सिना, प्राध्यापक, कर्मचारी, वर्तमान तथा पुर्ब विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन