लमजुङ जिल्ला साविक भुजुङ गा.वि.स. हालको क्वहोलासोंथर गाउपालिका वडा नं. ४, भुजुङबाट पोखरा आई बसोबास गरेका भुजुङबासीहरुले स्थापना गरेको भुजुङ युम्पो तमू समाज पोखराको नवविस्तारित भवनको समुद्घाटन गरिएको छ ।
चेलीबेटी भोज तथा भेटघाट कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङबाट समुदघाटन भएको छ । समाजमा सदस्यता थपिने क्रम बढ्दै गएकोले भवन साँघुरो भै करिव २३ लाख खर्च गरि भवन बिस्तार गरेको समाजका अध्यक्ष रामचन्द्र गुरुङले बताए ।
समाजले बार्षिक रुपमा पोखरामा छरिएर बसेका भुजुङका चेलीबेटीहरुलाई सामुहिक रुपमा भोज तथा भेटघाट कार्यक्रम गर्दै आएको छ । उक्त कार्यक्रममा समाजका सम्पूर्ण सदस्यहरु, चेलीबेटीहरु, भाईबहिनीहरु तथा आमन्त्रित पाहुनाहरु गरि ४०० जना बराबरलाई भोजको ब्यवस्था गरिएको थियो ।

कार्यक्रममा समाजलाई बिशेष अतुलनिय योगदान दिने समाजका सदस्य तेज बहादुर गुरुङ, धर्मपत्नी श्रीमती भक्तिमाया गुरुङ्ग, छोराहरु हङकङ निवासी श्री ग्यारी गुरुङ तथा युके निवासी खमिर जंग गुरुङ र धर्मपत्नी कमला गुरुङलाई सम्मान गरियो । साथै ३ जना जेष्ठ सदस्य तथा चेलीबेटीलाई समेत सो कार्यक्रममा सम्मान गरियो । कार्यक्रममा गत बर्ष एसईई उत्तीर्ण १० जना्लाई प्रमाण पत्र र नगद सहित सम्मान गरियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री गुरुङले समाजको कार्यक्रममा बोलाएर चेलीबेटीहरु सँग भेटघाट गर्ने अवसर दिएकोमा खुशी ब्यक्त गर्दै भुजुङ गाउँलाई पर्यटकीय बिकासको लागि पक्की बाटो निर्माण लगायत अन्य कृषि तथा पशुपालन ब्यवसाय बिस्तारको लागि प्रदेश सरकारले गर्नुपर्ने सहयोगमा कुनै कमि नरहने बताए ।

कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष रामचन्द्र गुरुङ, स्वागत मन्तब्य भु.पु. सचिव टेक बहादुर गुरुङ र कार्यक्रमको संचालन समाजका सचिव केश बहादुर गुरुङले गरेका थिए । कार्यक्रममा क्वहोलासोंथर गाउँपालिकाका उपप्रमुख कुमारी मुनी गुरुङको पनि उपस्थिति थियो ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो