पोखरा । पूर्वाधार विज्ञ विवेकशील साझाका नेता डा. सूर्यराज आचार्यले राज्य संचालनमा ‘लिडरशिप’ अभाव भएकै कारण नेपालमा विकासले गति लिन नसकेको बताएका छन् ।
यूथ थिंकर्स सोसाइटी पोखरा च्याप्टरले महिनैपिच्छे गर्दै आएको विशेष कार्यक्रम ‘पोखरा बोल्छ’ को सेसनमा बोल्दै आचार्यले राजनीतिक ईच्छाशक्ति हुने हो भने विकासले गति लिन समय नलाग्ने उनले तर्क पेश गरे । ‘राजनीतिक नेतृत्वमा रहेका नेताहरु काम गर्नुको साटो सपना मात्रै बाँड्दै हिँड्छन् । भाषणबाजी मात्रै गरेर विकास हुँदैन । त्यसका लागि त फिल्डमै उत्रिनुपर्छ ।’ आचार्यले भने ।
त्यसो त आचार्यले नेपालमा विकासका पूर्वाधार सम्बन्धि खासै छलफल नै नभएको पनि बताए । त्यसैमाथि भैरहेका विकास निर्माणमा काममा पनि बाह्य चासोले झन् बढि गिजोलेको उनको बुझाई छ । ‘फिल्डमा काम भैरहँदा पनि एनजिओ र आइएनजिओहरुको अनावश्यक चासो र स्वार्थले विकासको गति ढिमा भैरहेको यथार्थ छ ।’ आचार्यले भने–‘विकासको गतिलाई साँच्चिकै अगाडि बढाउन राजनीतिक नेतृत्वको ईच्छाशक्तिलाई बढाएर बाह्य प्रभावलाई न्यूनिकरण गर्नेतर्फ लाग्नुपर्छ ।’
लामो समय टोकियो यूनिभर्सिटीमा अध्यापन गरेका आचार्य अन्तराष्ट्रिय ‘थिंक ट्यांक’को रुपमा पनि परिचित छन् ।
‘पोखरा बोल्छ’ को १६ औँ सेसनको क्रममा पोखरा आईपुगेका पूर्वाधार विज्ञ आचार्यलाई यूथ थिंकर्स सोसाइटी पोखरा च्याप्टरका अध्यक्ष सजुमा घिमिरेले विभिन्न प्रश्न गरेकी थिईन् । ‘नेपालमा पूर्वाधार विकासको सम्भावना र चुनौती’ शिर्षकमा बोलिरहेका आचार्यलाई फोरमबाट पनि विभिन्न व्यक्तिहरुले प्रश्न राखेका थिए ।
‘सामाजिक शिक्षा नेपालीमै पढाउनुपर्छ’
यसैबीच डा. सूर्यराज आचार्यले विद्यालयमा ‘सामाजिक शिक्षा नेपालीमै अध्ययन गर्नुपर्छ’ अर्को एक अन्तरक्रिया कार्यक्रमा पनि सहभागिता जनाए ।
सो कार्यक्रममा बोल्दै उनले शैक्षिक पूर्वाधार नै कमजोर भएका कारण नेपालको सबै क्षेत्रमा समस्या आएको बताए । ‘देश विकासमा शैक्षिक पूर्वाधारको विकास महत्वपूर्ण हुन्छ । तर यो विषयमा जति ध्यान दिनुपर्ने हो, त्यति दिईएको छैन ।’ आचार्यले भने ।
उनले विद्यालयहरुमा पाठ्यक्रम बनाउँदा भाषालाई सबैभन्दा माथि राख्नुपर्नेमा जोड दिए । सामाजिक शिक्षा अध्ययनका लागि त झन् अँग्रेजी भाषा प्रयोग गर्नै नहुने उनको तर्क थियो ।
अन्तरक्रियामा उनीसँगै डा. बसन्त गौतम र विश्व सिग्देल वक्ता थिए । अन्तरक्रियामा सबै वक्ताहरुले भाषालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए । नेपालमा अँग्रेजी भाषाको प्रभाव बढ्दै जाँदा पछिल्लो छिमलका युवापुस्ता र बालबालिकाको भाषिक ज्ञान कमजोर हुँदै गएको उनीहरुको तर्क थियो ।
अझै सामाजिक शिक्षाले नेपालको भाषा, सँस्कृति, ईतिहास, भूगोल र राजनीतिको विषयमा ज्ञान दिने भएकोले अन्य भाषामा यो विषयको पढाई हुँदा विद्यार्थीहरुले सहि तरिकाले बुझ्न नसक्ने बताएका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो