पोखरा, २१ फागुन । कसमस इन्टरनेशनल एजुकेशन फाउण्डेशनको बिधिवत शुभारम्भ गरिएको छ । पोखरामा चिप्लेढुङा स्थित उक्त परामर्श केन्द्रले विदेशमा पढन जाने विद्यार्थीलाई परामर्श सहित भाषा शिक्षा समेत प्रदान गरिने प्रवन्धक आनन्द भट्टराईले जानकारी दिएका छन ।
चिप्लेढुङाको आरके विल्डिङमा स्थापना गरिएको उक्त परामर्श केन्द्रले अष्ट्रेलिया, क्यानाडा, बेलायत, फिनल्याण्ड, डेनमार्क, जर्मनी, इस्टोनिया, कोरिया, जापान लगाएत अन्य देशहरुमा पढ्न जाने इच्छुक विद्यार्थीहरुलाई उचित प्रवन्धका साथै परामर्श प्रदान गरिने बताए । कसमसले ति देशमा विद्यार्थीहरु लाई बिना झञ्झट पठाउन परामर्श गर्ने तथा अंगे्रजी, जापानिज र कोरिएन भाषाको ज्ञान समेत प्रदान गरिने बताए ।
अहिले नेपाल बाट धेरै विद्यार्थीहरु अध्ययनका लागि नयाँ गन्तब्यको खोजीमा मात्र होइन अध्ययन पछिको आफ्नो लक्ष्य पुरागर्ने दृढ अभिलाषा भएको बताउँदै प्रवन्धक भट्टराईले त्यस्तो खोजीमा रहेका विद्यार्थीलाई कसमस कन्सलटेन्सीले पुरा गर्ने दावी समेत गरे ।
अहिले पोखरामा मात्रै शुरु गरिएको कसमसलाई भावी दिनमा देशका अन्य भागमा समेत शाखाहरु विस्तार गरिदै लैजाने लक्ष्य रहेको उनको भनाई छ । तिन जना यूवाको संयूक्त लगानी रहेको कसमस कन्सलटेन्सीमा विदुर पोखरेल, प्रदिप भट्टराई र एलबिजेड गुरुङ रहेका छन । लगानी गरिएका मध्ये एलबिजेड गुरुङ एनआरएन यूकेका यूवा संयोजक समेत हुन । गुरुङको यस क्षेत्रमा राम्रो अनुभव समेत रहेको छ ।

सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु