पोखरा, २१ फागुन । कसमस इन्टरनेशनल एजुकेशन फाउण्डेशनको बिधिवत शुभारम्भ गरिएको छ । पोखरामा चिप्लेढुङा स्थित उक्त परामर्श केन्द्रले विदेशमा पढन जाने विद्यार्थीलाई परामर्श सहित भाषा शिक्षा समेत प्रदान गरिने प्रवन्धक आनन्द भट्टराईले जानकारी दिएका छन ।
चिप्लेढुङाको आरके विल्डिङमा स्थापना गरिएको उक्त परामर्श केन्द्रले अष्ट्रेलिया, क्यानाडा, बेलायत, फिनल्याण्ड, डेनमार्क, जर्मनी, इस्टोनिया, कोरिया, जापान लगाएत अन्य देशहरुमा पढ्न जाने इच्छुक विद्यार्थीहरुलाई उचित प्रवन्धका साथै परामर्श प्रदान गरिने बताए । कसमसले ति देशमा विद्यार्थीहरु लाई बिना झञ्झट पठाउन परामर्श गर्ने तथा अंगे्रजी, जापानिज र कोरिएन भाषाको ज्ञान समेत प्रदान गरिने बताए ।
अहिले नेपाल बाट धेरै विद्यार्थीहरु अध्ययनका लागि नयाँ गन्तब्यको खोजीमा मात्र होइन अध्ययन पछिको आफ्नो लक्ष्य पुरागर्ने दृढ अभिलाषा भएको बताउँदै प्रवन्धक भट्टराईले त्यस्तो खोजीमा रहेका विद्यार्थीलाई कसमस कन्सलटेन्सीले पुरा गर्ने दावी समेत गरे ।
अहिले पोखरामा मात्रै शुरु गरिएको कसमसलाई भावी दिनमा देशका अन्य भागमा समेत शाखाहरु विस्तार गरिदै लैजाने लक्ष्य रहेको उनको भनाई छ । तिन जना यूवाको संयूक्त लगानी रहेको कसमस कन्सलटेन्सीमा विदुर पोखरेल, प्रदिप भट्टराई र एलबिजेड गुरुङ रहेका छन । लगानी गरिएका मध्ये एलबिजेड गुरुङ एनआरएन यूकेका यूवा संयोजक समेत हुन । गुरुङको यस क्षेत्रमा राम्रो अनुभव समेत रहेको छ ।

सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’