पब्जीको लतले अहिले संसारभरका बालबालिका र किशोरकिशोरीलाई सताइरहेको छ । नेपालमा पनि यो भिडियो गेमका पारखीहरु धेरै छन् । पब्जी खेलिरहेका बेला ‘खेलाडीहरु’ अर्कै दुनियाँमा पुगेका हुन्छन् । त्यसैले उनीहरुलाई आफू कस्तो अवस्थामा छु भन्ने पनि होस हुन्न् ।
भारतमा अहिले एउटा यस्तै अनौठो घटना सार्वजनिक भएको छ । मध्येप्रदेशस्थित भोपालका एक युवकले पब्जी खेलिरहेको सुरमा पानी सम्झेर एसिड पिइदिए । धन्न चाँडै अस्पताल पुर्याइएकाले उनको ज्यान जोगियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार अहिले उनी अझै खतरामुक्त भइसकेका छैनन् । २५ वर्षीय युवकको उपचारमा संलग्न डाक्टर मनन गोगियाले भने, ‘ऊ आँगनमा बसेर पब्जी खेलिरहेको रहेछ । खेलमा यसरी डुबेको रहेछ कि पानी भन्ठानेर एसिड पिएछ ।’
पिउनासाथ अत्यधिक जलन भएपछि उनलाई अस्पताल कुदाइएको थियो । डा. गोगियाका अनुसार एसिडले गर्दा उनको पेटमा अल्सर भएको छ र अन्य अंगहरुमा पनि असर गरेको छ । उनलाई अहिले नागपुरको अस्पतालमा रिफर गरिएको छ ।
डा. गोगियाका अनुसार ती युवकले अझै चेतेका भने छैनन् । उपचारकै क्रममा पनि उनी पब्जी खेलिरहेका थिए । डाक्टरहरुले सम्झाउँदा पनि उनी लतबाट बाहिर निस्किन सकेका छैनन् ।
यसैबीच तमिलनाडुपछि मध्यप्रदेशमा पनि पब्जी गेममाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ । यसबाट विद्यार्थीहरुको पढाई प्रभावित भइरहेको र युवाहरु पनि बरालिएको बीजेपीका बिधायक यशपाल सिसोदिया बताउँछन् ।
उनले भने, ‘पब्जी खेल बच्चाहरुका लागि हिंस्रक छ । धेरै अभिभावकहरुबाट विभिन्न गुनासोहरु आइरहेका छन् । त्यसैले यसलाई प्रतिवन्ध लगाउनुपर्छ ।’
सम्बन्धित खबर
अब फिल्मका लागि गीत नगाउने अरिजित सिंहको घोषणा
अमेरिकाबाट ९० नेपाली डिपोर्ट, हालसम्म ४ सय बढी नेपाली डिपोर्ट
भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
गायक प्रशान्त तामाङ रहेनन्
अमेरिकाको ग्रिन कार्ड लटरी ट्रम्प प्रशासनद्वारा स्थगित
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो