नेगम परियार, मनाङ, २२ फागुन । महिना दिन बढी परेको हिमपातले मनाङमा यातायात सेवा अवरुद्ध छ । जिल्लाको माथिल्लो भेगहरुमा अझै पनि हिमपात भइरहेको छ । हिमपातका कारण सवारी चल्न सकेका छैनन् ।
अब भने एक्साभेटर नै लगाएर सडक नै ढाकिएका हिमपहिरो हटाउन सुरु गरिएको छ । मंगलबार चामे नजिकै गएको हिउँपहिरो हटाउन सुरु गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देबकोटाले बताए । प्रमुख जिल्ला अधिकारी देवकोटा, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले लगायत आफै उपस्थित भएर हिमपहिरो हटाउने कार्य सुरु गरेका हुन् ।

यसअघि पनि पटक पटक एक्साभेटर नै लगाएर सडकमा जमेका हिउँ फाल्दै सवारी चलाईंदै आएको थियो । फागुन १५ गतेको हिउँपहिरोले सडकमै रुखहरु ढलेपछि यातायातका साधन चल्न सकेका थिएनन् । अहिले मनाङको दानाक्यूसम्म मात्र सवारी चल्छन् ।
जिल्ला सदरमुकाम चामे सहित त्रिचुङगल्दा नजिक खोलामा हिउँ पहिरोले दानाक्यूभन्दा माथि गाडी चल्न नसकेको एक चालक सुदिप तामाङले जनाए ।

ठेकेदार नबिन शाहीका अनुसार हिमपात र हिउँपहिरोका कारण अवरुद्ध रहेको नेपाल टेलिकमको टेलिफोन तथा नेट सेवापनि सञ्चालनमा आएको छ । खानेपानीको समस्या भने यथावत् छ ।
सम्बन्धित खबर
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा