नेगम परियार, मनाङ, २२ फागुन । महिना दिन बढी परेको हिमपातले मनाङमा यातायात सेवा अवरुद्ध छ । जिल्लाको माथिल्लो भेगहरुमा अझै पनि हिमपात भइरहेको छ । हिमपातका कारण सवारी चल्न सकेका छैनन् ।
अब भने एक्साभेटर नै लगाएर सडक नै ढाकिएका हिमपहिरो हटाउन सुरु गरिएको छ । मंगलबार चामे नजिकै गएको हिउँपहिरो हटाउन सुरु गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देबकोटाले बताए । प्रमुख जिल्ला अधिकारी देवकोटा, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले लगायत आफै उपस्थित भएर हिमपहिरो हटाउने कार्य सुरु गरेका हुन् ।
यसअघि पनि पटक पटक एक्साभेटर नै लगाएर सडकमा जमेका हिउँ फाल्दै सवारी चलाईंदै आएको थियो । फागुन १५ गतेको हिउँपहिरोले सडकमै रुखहरु ढलेपछि यातायातका साधन चल्न सकेका थिएनन् । अहिले मनाङको दानाक्यूसम्म मात्र सवारी चल्छन् ।
जिल्ला सदरमुकाम चामे सहित त्रिचुङगल्दा नजिक खोलामा हिउँ पहिरोले दानाक्यूभन्दा माथि गाडी चल्न नसकेको एक चालक सुदिप तामाङले जनाए ।
ठेकेदार नबिन शाहीका अनुसार हिमपात र हिउँपहिरोका कारण अवरुद्ध रहेको नेपाल टेलिकमको टेलिफोन तथा नेट सेवापनि सञ्चालनमा आएको छ । खानेपानीको समस्या भने यथावत् छ ।
सम्बन्धित खबर
तनहुँमा बुवाको हत्या आरोपमा छोरा पक्राउ
गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन
गण्डकीका बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी: चुमानले अर्थ र मनाङेले भौतिक मन्त्रालय
गायिका एवं उद्यमी शान्तिले गरिन् बुटिकको शाखा विस्तार
स्याङ्जा भिरकोटका दुईजना अवैध लागूऔषधसहित पक्राउ
पोखराको लेकसाइडबाट अवैध लागु औषध र नगदसहित ४ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग