गण्डक न्यूज समाचारदाता, पोखरा । बिगत दुई हप्तादेखि लगातार परेको हिमपातका कारण अन्नपूर्ण बेसक्याम्पमा रहेको चार वटा होटल पुरिएका छन् । बिगत दुई हप्तादेखि लगातार परेको हिमपातका कारण अन्नपूर्ण गाउँपालिकामा रहेको अन्नपूर्ण बेसक्याम्पमा रहेका चार होटल पुरिएकोे स्थानीयले जानकारी दिए ।
हिमपातबाट बेस क्याम्पमा रहेका अन्नपूर्ण सेन्चुरी लज, होटल स्नोल्याण्ड, अन्नपूर्ण गेष्ट हाउस र प्याराडाईज गार्डेन गरी चार वटा होटल पुरिएको हो ।
स्थानीयहरुका अनुसार यही फागुन ११ गते देखि अन्नपुर्ण आधार शिविरमा अत्याधिक हिमपात पर्न थालेपछि त्यसबाट दुर्घटना हुनसक्ने भन्दै एयरलायन्स कम्पनीहरुसंग सहयोग मागि समयै उद्धार गरेकाले मानविय क्षती नभएको हो ।
मानबिय क्षती भएन, आर्थिक क्षतीको आँकलन गर्न अझै बाँकी
बिगत दुई हप्तादेखि लगातार परेको हिमपातका कारण अन्नपूर्ण बेसक्याम्पमा रहेको चार वटा होटल पुरिएर कुल कति आर्थिक क्षती भएको छ भन्ने कुराको निश्चीत नभएको सरोकारवाला निकाय बताउँछन् ।
बेस क्याम्प जाने बाटोमा बाक्लो हिउँ भएको र अझै हिउ पर्न नरोकीएकाले सम्बन्धीत निकायका ब्यक्तीहरु घटना स्थलको बिस्तृत अबलोकन गर्न जान नसकेका कारण आर्थिक क्षती के कति भयो भन्ने कुरा निश्चित हुन नसकेको हो ।
चैत्र १५ अगाडी ब्यसक्याम्पमा पर्यटक जान नसक्ने
लगातार दुई हप्तादेखि परेको हिमपातका कारण अन्नपूर्ण ब्यसक्याम्पमा आगामी चैत्र १५ गतेभन्दा अगाडी पर्यटकहरु जान सम्ने अबस्था नरहेको अन्नपूर्ण गाउँपालीकाका प्रमुख युवराज कुवंरले जानकारी दिए ।
हिमपातका कारण ब्यसक्याम्प जाने बाटो अबरुद्ध रहेको बताउँदै पर्यटकहरुका लागि चैत्र १५ गतेभन्दा अघि त्यहाँ जाने अनुकुल मौसम हुन नसक्ने उनको भनाई छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु