काठमाडौं । शुक्रबार नेपाल सरकारले डा. सिके राउतसँग गरेको ११ बुँदे सहमतिप्रति सत्तारुढ नेकपाभित्र तीव्र असन्तुष्टि देखिएको
छ । सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग गरेको ११ बुँदे सहमतिको बिषयमा नेकपाभित्र असन्तुष्टि बढेको हो । सहमतिको औपचारिक घोषणा गर्नुअघि नेकपा सचिवालय बैठकमा यसबारे जानकारी दिइएको थियो ।
सरकार र सिके राउत बिच भएको सहमतिमा नेकपा भित्रकै नेताहरुले प्रश्न उठाएका हुन् । सहमति गर्नुपूर्व पार्टीमा छलफल नभएको र जेलबाट छुटेलगत्तै सहमति गरेर अदालतलाई प्रभावमा पारेर निर्णय गराएको सन्देश जनतासामु गएको भन्दै केही नेताहरुले असन्तुष्टि जनाएका हुन् ।
नेकपाका एक नेताका अनुसार हिजोमात्रै जेलबाट छुटेको मान्छेसँग रातारात सहमति सम्भव नभएपनि अदालतलाई प्रभावमा पारेर निर्णय गरिएको सन्देश गएको छ ।
सिके राउतसँग वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विष्णु पौडेलसहितका केही नेतालाई खटाएका थिए । तर, यो वार्ताबारे अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत बेखबर थिए ।
प्रचण्डले शुक्रबारको सचिवालय बैठकमै राउतसँग भएको सहमतिबारे आफूलाई पूर्वजानकारी नभएको बताएका छन् ।
११ बुँदे सहमतिमा कहीँ पनि राउतले आफूले हिजो गरेको विखण्डनकारी गतिविधि त्यागेको प्रतिवद्धता नजनाएको नेताहरुले बताएका छन् ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’