गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ । संगीतको क्षेत्रमा संघर्षरत मध्येको एउटा नाम हो, बसन्त विश्वकर्मा । तनहुँका गायक विश्वकर्मा संगीत क्षेत्रमा अहिले संघर्षरत छ्न ।
आधा दर्जन बढी गीत बजारमा ल्याईसकेका बसन्त नयाँ गीतका साथ स्रोता तथा दर्शकमाझ आएका छन् ।
बसन्तको शब्द, संगीत र स्वरमा ‘कुखुराको भाले’बोलको रोईला गीत बजारमा आएको हो । आशिष अविरलको म्यूजिक एरेञ्ज रहेको गीतमा बसन्तका साथमा प्रिती आले, राजु ढकाल र कला लम्सालको स्वर समावेश गरिएको छ ।
गीतको भिडियोमा पनि बसन्त, प्रिती, राजुका साथमा सविता आलेलाई देख्न सकिन्छ । भिडियोलाई बसन्त स्वयंमले नै निर्देशन गरेका हुन् ।
बसन्तले गीतमा तनहुँका कलाकारहरुसंग सहकार्य गरेका हुन् । ‘प्रिती आले, राजु ढकाल, कला लम्साल, सविता आले तनहुँकै हुनुहुन्छ’ बसन्त भन्छन् –‘आफ्नै जिल्लाका अग्रज कलाकारहरुसंग सहकार्य गर्न पाउँदा पनि खुसी छु ।’
२४ मिनेट लामो गीतलाई बसन्त सन्देशमूलक पनि भन्छन् ।
‘जातिय भेदभाव, गरिबीको पीडा, सपना पूरा गर्न गर्ने संघर्ष आदीलाई रमाइलो तरिकाले उठाएका छौं’ बसन्तले भने, – ‘भिडियोमा रमाईलो, सेन्टिमेन्टल सबै समावेश छ ।’
करण चैसिरको छायाँकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।
हेर्नुहोस् गीतको भिडियो :
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’