प्रायः अधिकारका कुरा शहरमा गरिन्छ । होटल, पार्टी प्यालेसका सभाहलमा गरिन्छ । अधिकारका चर्का कुरा गरिन्छ । तर सरोकारवालालाई पत्तै हुन्न । नारी जागरण अभियानले १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस चलनचल्ती भन्दा अलिक भिन्न तबरले मनाएको छ ।
पोखराको रामघाटमा गिटी बालुवा चालेर दैनिकी चलाउने श्रमिक महिलाहरुसंग नै बसेर यो दिवस मनाइएको हो । अभियानका संयोजक अञ्जु केसीका अनुसार विभिन्न संघसस्थाहरुले होटल तथा रेष्टुरेण्टहरुमा महिला दिवस मनार्इरहँदा आफुहरुले रामघाटमा गिटी बालुवा चालेरै आफ्नो दैनिकी चलाइरहेका महिलाहरुलाई लक्षित दिवस मनाएको बताईन् ।
रामघाटमा काम गर्ने महिला श्रमिकहरु ५० जनालाई डोको र नाम्लो वितरण गर्नुका साथै दुइ जना जेष्ठ महिला सदस्यहरु लाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा ७८ वर्षिया दुत कुमारी परियार र ७५ वर्षिया दिवा परियार छन् सम्मानितहरुलाई गण्डकी प्रदेश सांसद प्रभा कोइराला र अभियानका अभियन्ताहरुले दोसल्ला ओढार्इ सम्मान गरेका थिए ।

उक्त अवसरमा गण्डकी प्रदेशका सांसद कोइरालाले महिला दिदीबहिनी, त्यसमा पनि खोलाका किनारमा ढुंगा बालुवासंग जुध्दै आफ्नो जिन्दगी चलाउनु निकै कठिन काम भएको बताउँदै महिला दिदी बहिनीहरुलाई सीपमुलक काम गर्न तर्फ अग्रसर हुनुपर्नेमा जोड दिर्इन् । महिला दिदी बहिनीहरु शिक्षाको पहुँचबाट टाढा हुन पुग्दा निकै कठिन जीवन यापन गर्न बाध्य हुनुपरेको बताउँदै आफ्ना सन्ततिहरुलाई शिक्षा दिन तर्फ समेत आग्रह गरिन् ।
रामघाट मजदुर महिला संघकी अध्यक्ष मनमाया गुरुङले अहिले सम्म पोखरामा रहेका कुनै पनि संघ संस्थाले आफूहरुको बारेका कुनै चासो नदिएको र आफुहरुलाई महिला दिवसको बारेमा केही थाहा नभएको अवस्थामा नारी जागरण अभियान पोखराले गिटी बालुवा संकलन गर्ने आफुहरुको बारेमा चासो लिएर डोको नाम्लो सहयोग गरेकोमा आफुहरु निकै खुसी भएको बताइन् । ढुंगा बालुवा गिटीसंग जुध्दै दैनिकी गुजार्न निकै कठिन परेको भन्दै जिवनयापनका लागि आफूहरुको बाध्यता भएको बताइन् । कार्यक्रममा अभियन्ताहरु सत्य खनाल, सरु अधिकारी लगायतले बोलेका थिए ।

नारी जागरण अभियान पोखराका अभियन्ता यशोदा भट्टराइको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कमला पहारी र कार्यक्रमको सञ्चालन लक्ष्मी अधिकारीले गरेकी थिइन् । पोखराको रामघाट किनारमा दैनिक १ सय ७० जना महिलाहरुले दैनिक गिटी बालुवा संकलन गर्ने काम गर्दै आइरहेका छन् ।
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’