काठमाडौँ — गोरखाका रितेश गुरुङ कार्यस्थलबाट क्याम्पभित्र छिर्दा बेडहरू ठीक ठाउँमा थिएनन् । सबैका दराज फोरिएका थिए । ‘मेरो पर्समा ३ हजार रिंगेट थियो । मोबाइल थियो,’ उनले सुनाए, ‘नेपाली १० रुपैयाँ मात्रै छाडिदिएछन् । बाँकी सबै लगेछन् ।’
गुरुङले मध्यरातमा काम गरिरहेका ठाउँमा खबर पाएका थिए, ‘प्रहरीको एक टोली क्याम्पभित्र छिरेको छ । उनीहरूबाट खोजतलास भइरहेको छ । कसैको सामान पनि बाँकी छैन । लुटेर लगे ।’ त्यतिबेला सबै कामदार ड्युटीमा थिए ।
‘बिहान ५ बजे क्याम्पमा आउँदा फुटाउन बाँकी दराज थिएन,’ उनले भने, ‘प्रहरीबाट यस्तो काम भएको देख्दा रुन मन लाग्यो ।’
एउटै कोठाभित्र झन्डै ५० जना बस्थे । सबैको अलग–अलग बेड थियो । बेडपिच्छै दराज थियो । उनीहरू मलेसियाको केलाङस्थित सेलेङगारमा बस्छन् । एमएफई आल्मुनियम फ्रेमवर्क कम्पनीमा काम गर्छन् ।
‘हाम्रो क्याम्पभित्र गैरकानुनी कामदार खोज्दै प्रहरी छिरेका हुन् । उनीहरूले राहदानी भएका कामदारलाई पिटेर घाइतेसमेत बनाए,’ अर्का पीडित रेशम चौधरीले भने, ‘गैरकानुनी कामदार नभेटेपछि हाम्रा साथीको पैसा लुटेर गए ।’
लुटपाट गर्ने प्रहरीविरुद्ध उजुरी नगरेको पीडितहरूको भनाइ छ । कम्पनीले क्षतिपूर्ति दिनुपर्ने पीडितको माग छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले नेपाली कामदारको क्याम्प लुटिएको विषय जानकारीमा आइनसकेको जनाएको छ ।
‘यस विषयमा कुनै नेपालीले पनि लिखित उजुरी दिएको छैन,’ दूतावासका श्रम काउन्सिलर बद्री कार्कीले भने ।
सम्बन्धित खबर
अब फिल्मका लागि गीत नगाउने अरिजित सिंहको घोषणा
अमेरिकाबाट ९० नेपाली डिपोर्ट, हालसम्म ४ सय बढी नेपाली डिपोर्ट
भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
गायक प्रशान्त तामाङ रहेनन्
अमेरिकाको ग्रिन कार्ड लटरी ट्रम्प प्रशासनद्वारा स्थगित
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो