तनहुँ । तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नम्बर ६ सार्की चौतरामा आइतबार ट्याक्टर पल्टदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ्ग गाउँपालिका-५ का ३५ वर्षीय ओममाया राना रहेकी छिन । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त दुर्घटनामा परी ७ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
गम्भीर घाइते हुनेहरुमा ऋषिङ्ग-५ का ३२ वर्षीय बलबहादुर पाटामगर, ५० वर्षीया खिनीमाया पाटामगर, १८ वषीया कुमारी थापा छन् । उनिहरुलाई थप उपचारका लागि पोखरा पठाइएको छ । ऋषिङ्गबाट सपौंदीतर्फजाँदै गरेको ग १ त ५३१० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब दुइ सय मिटर तल खसेको थियो ।
ट्याक्टर चालक भने फरार छन् । उक्त दुर्घटनामा ऋषिङ गाउँपालिका-५ बर्ष ५० का मोतीलाल राना मगर, बर्ष ५० का हिम बहादुर राना, बर्ष ८ की मनिसा थापा र ट्याक्टरका सहचालक नवलपरासी बुलिङटारका अन्दाजी २० का कृष्ण कुमाल हात, खुट्टा र टाउँकामा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?