पोखरा, २६ फागुन । बहुप्रतिक्षित पोखरा फुटबल स्टेडियमको यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर सुनार विश्वकर्माले आइतबार एक समारोहका बिच शिलान्यस गरेका छन । सो अबसरमा बोल्दै मन्त्रि विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि २०७६ असार मसान्त सम्म काम सम्पन्न गर्ने गरि दुई जोइन्ट भेन्चर कम्पनीलाई निर्माणका लागि जिम्मेबारी दिइएको बताए ।
नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालयले निर्माण गर्न थालेको पोखराको फुटबल स्टेडियम २०७६ असार मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । कुल १ अर्ब २८ करोड लागतमा निर्माण हुने रंगशालाको दर्शक क्षमता १८ हजार ५ सयको हुनेछ जहाँ एथलेटिक्सका लागि ८ लेन सिन्थेटिकको हुनेछ । भारतको ग्रेट स्पोर्टस इन्फ्रा प्राली र काठमाण्डौको एमए कन्सट्रक्सन प्रालीले जोइन्ट भेन्चरमा रंगशाला निर्माण गर्न लागेको हुन ।
मन्त्रि विश्वकर्माले पोखरा रंगशालामा महत्वपूर्ण पूर्वाधार बिकासको शुरुवात भएको बताउँदै काम सम्पन्न गर्न ठूलो इच्छाशक्ति समेत भएको औल्याए । उनले समयमा काम सम्पन्न गर्न पोखरेली खेल प्रेमीहरुले निर्माण कम्पनीलाई वातावरण बनाइदिन आग्रह गर्दै भने–‘निर्माण कम्पनीले समेत तिव्र गतिमा लक्षित समयमा काम सम्पन्न गरि उदाहरण पेश गर्न आग्रह गर्दै भने भोली कहिँ कतै बाट कसैले पनि रातो मुख लगाउने स्थिती नआओस ।’
पोखराले खेलकुद क्षेत्र बाट मुलकको समृद्धी हासिल गर्ने क्षमता राख्ने बताउँदै मन्त्रि विश्वकर्माले यस क्षेत्रको प्रकृतीमा समेत त्यो देन रहेको उल्लेख गरे ।
सो अबसरमा बोल्दै गण्डकी प्रदेशका सांसद राजिब पहारीले पोखरा खेलकुदको राजधानी हो भन्ने कुरा निर्विवाद रहेको बताउँदै यहाँ निर्माण सम्पन्न हुने अन्तर्राष्ट्रिय विमानस्थल लगाएतले पनि अब पोखरालाई अन्तर्राष्ट्रिय स्पोर्टस सिटी हवको रुपमा बिकास गरिनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्टले अब पोखरा रंगशालालाई खेलाडीको भाग्य र भविष्यको शुनिष्चित गर्ने खालको रंगशाला बनाउनु पर्ने कुरामा जोड दिंदै कसरी पोखरा रंगशाला प्यारापिटको काम छिटो सम्पन्न गर्न सकिन्छ त्यस तर्फ सबैको ध्यान पुग्नु पर्ने बताए । पोखरा रंगशालालाई नेपालकै स्पोर्टस कम्पेलेक्सको रुपमा बिकास गर्ने गरि कामको शुरुवात गरिनु पर्ने बताउँदै यसका लागि नयाँ माष्टरप्लान तयारी समेत भइरहेको सदस्य सचिब विष्टले जानकारी दिए ।
पश्चिमाञ्चल क्षेत्रिय अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण कम्पनीका अनुप आचार्यले पोखरा रंगशालाको फुटबल प्यारापिटमा नेपालमानै पहिलो पटक फ्रान्समा निर्मित उच्च प्रविधीयूक्त सामाग्रीको प्रयोग हुने बताउँदै भने–‘लक्षित समयमा गुणस्तरिय र नमुनायूक्त रंगशाला निर्माण सम्पन्न हुनेछ ।’
स्मरिणय के छ भने आगामी मंसिरमा नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुदमा महिला फुटबल पोखरा रंगशालामा गर्ने गरि तयारी गरिदैछ ।
Pokhara Sports.com, Photo: Sudarshan Ranjit
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु