तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले खुकुरी लिई कुटपिट तथा तोडफोड गर्दै हिड्ने ५ जना पक्राउ लाई पक्राउ गरेको छ ।
गत शुक्रबार साँझ ५:३० बजेको समयमा जिल्ला तनहुँको व्यास नगरपालिका वडा नं ३ स्थित केहर सिंह आले (बादल)ले संचालन गर्दै आएको ईमेज मोवाईल सेन्टरमा खुकुरी लिई कुटपिट तथा तोडफोड गर्दै हिड्ने ५ जना लाई प्रहरीले पक्राउ गरेको हो ।
आले लाई उनको पसलमा रुपेश सुनार समेतका व्यक्तिहरु अनाधिकृत रुपमा प्रवेश गरी मोबाईल पसल संचालक केहर सिंह आले (बादल) र कामदार बुद्धि बहादुर थापालाई कुटपिट गरी पसलमा तोडफोड गरेका थिए ।

ईमेज मोवाईल सेन्टरका संचालक केहर सिंह आले (बादल) ।
घटनाको जानकारी प्राप्त हुना साथ आवश्यक मद्दत सहित प्रहरी टोली खटिई गई पिडितहरु सँग समन्वय गरी घटनामा संलग्न व्यक्तिहरुको खोजतलास गर्दा भाग्दै गरेको अवस्थामा घटनास्थल वरपरको बाट ५ जना लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा तनहुँको व्यास नगरपालिका वडा नं ५ मोचाबारि बस्ने वर्ष १८ को किरण थापा, सोहि स्थान बस्ने वर्ष १८ को बिष्णु थापा, वर्ष १८ को मदन थापा, वर्ष १८ को साजन राना र वर्ष १८ रुपेश सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनिहरु लाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्