तनहुँ । टौवा र धन्सारमा लुकाएर राखेको अवैधानिक सालको चिरान काठ चोरी गर्ने एक जना लाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका वडा नं ८ बस्ने बस्र वर्ष ५२ को लक्ष्मी प्रसाद न्यौपाने रहेको प्रहरी जनाएको छ ।
न्यौपानेले अवैध रुपमा सालका काठहरु चोरी गरी आफ्नो टौवा मुनि तथा धन्सारमा समेत लुकाई छिपाई राखेका थिए ।
सोमबार उक्त स्थानमा प्रहरी टोली खटी गई स्थानिय मानिस, जनप्रतिनिधी तथा वन कार्यालयका कर्मचारी समेतको रोहबरमा लक्ष्मी प्रसाद न्यौपाने लाई काठ सहित प्रहरीले पक्राउ गरेको हो ।
न्यौपानेले प्रयोग गर्दै आएको बुद्धि बहादुर सार्कीको धन्सार भित्र लुकाई छिपाई राखेको ३६ थान र निजको टौवा मुनि लुकाई छिपाई राखेको १६ थान गरी जम्मा ५२ थान १२२.९२ क्युफिट अवैध सालको चिरान काठ फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक शिद्धी बिक्रम शाहले जानकारी दिए ।
उक्त अवैध काठलाई बरामद गरी अवैध चोरीको काठ लुकाई छिपाई राख्ने लक्ष्मी प्रसाद न्यौपानेलाई नियन्त्रणमा लिई थप अनसुन्धान एवँ कार्वाहीको लागी सव डिभिजन बन कार्यालय भानु तनहुँमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन