जमुना वर्षा शर्मा, पोखरा । बाटो हिँड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे, हँसिलो अनुहार, मीठो बोली वचन । अब कहाँ पाउनू, गाउँनै शून्य भएको छ ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकोे जन्म घर भरतपोखरी गैरेगाउँ जमुनाबोटकी ९० वर्षीया डल्लुमाया बरालले आँखाभरि आँशु बनाउँदै अधिकारीलाई सम्झिइन् ।
नेपाल कम्युनिष्ट पार्टी पोखरा महानगरपालिका – ३३ संयन्त्रद्वारा अधिकारीको जन्मघरमा आयोजित १३ औँ दिनको श्रद्धाञ्जलिसभामा सहभागी अधिकांशका आँखा बरालका जस्तै रसाइरहेका थिए । कोही टोलाइरहेका थिए । कोही अधिकारीको तस्वीर हेरिरहेका थिए त कोही अधिकारी पत्नी र छोराहरु हेरेर भावुक बनेका थिए ।

श्रद्धाञ्जलिसभामा अधिकारीले सधैँ गुनगुनाउने गीतको पंक्ति सम्झँदै नेकपा कास्कीका नेता दामोदर वैरागीले समृद्ध नेपालको सपना बोकेर साझा नेताको छवि बनाएका अधिकारीजस्तो नेताको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताए ।

पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले अधिकारी गाउँठाउँका सबैले गर्व गर्ने नेता रहेको बताए । अधिकारीका बालसखा एवं नेपाल राष्ट्रिय वाणिज्य सङ्घका केन्द्रीय अध्यक्ष धनराज आचार्यले गाउँको माटो र यहाँका जनताले रवीन्द्रलाई एउटा सफल नेता बनाउन धेरै भूमिका खेलेको र पञ्चायतकालका धेरै कठिन अवस्थामा पनि गाउँलेको साथ र इमान्दारीले राजनीतिक आन्दोलन अगाडि बढेको स्मरण गर्दै माटाको सम्मानमा पनि श्रद्धाञ्जलिसभा उनकै जन्मघरमा गरिएको बताए ।

श्रद्धाञ्जलिसभामा नेकपा वडा पार्टी संयन्त्रका संयोजक गुरुप्रसाद क्रान्तिकारी, गोपाल पुन,लगायतले गाउँको शिक्षा, स्वास्थ्य र विकासमा कटिबद्ध भएर जनआकाङ्क्क्ष बुझ्ने नेता गुमाउँदा गाउँ नै टुहुरो हुन पुगेको अनुभूति भएको भएको बताए । रासस

तस्विरः राधिका कँडेल
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?