सन्तोषको चाइनाको रेल सार्वजनिक, टिकटक भिडियो बनाउनेलाई २२ हजार

सन्तोषको चाइनाको रेल सार्वजनिक, टिकटक भिडियो बनाउनेलाई २२ हजार

Troll 2

पोखराको सेरोफेरोमा छायांकन गरिएको ‘चाइनाको रेल’ बोलको गीत सार्वजनिक भएको छ । दोश्रो  ‘नेपाली तारा’ बन्न सफल गायक सन्तोष लामाको सन्तोषले यसपटक केही फरक शैलीमा गीत तयार पारेका छन् । सन्तोषको यो गीतमा हाास्य कलाकार सन्दिप क्षेत्रीको मोडलिङ छ । साथमा, यो गीतको भिडियोमा गायिका इन्दिरा जोशी, मुस्कान रानी, गायक सन्तोष लामा र क्रिस्टल क्लज ग्रुपको नृत्य छ । कृष्ण केसीको शब्द रहेको यो गीतमा हरि लम्सालको संगीत छ ।

क्रिस्टल क्लज ग्रुपका सन्देशजंग रानाको सम्पादन रहेको भिडियोमा सुसन प्रजापतिको छायांकन, क्रिस्टल क्लजको कोरियोग्राफी छ । भिडियोलाई संदिप क्षेत्री र सन्देश जंग रानाले निर्देशन गरेका हुन् । अनिल केसी भिडियोका प्रस्तुतकर्ता हुन् । यसैविच, यो भिडियोको कभर भिडियो तयार पार्ने व्यक्ति वा समुहमध्येबाट उत्कृष्टलाई  १ लाख ११ हजार १ सय ११ नगद पुरस्कारको समेत घोषणा गरिएको छ ।

यस्तै, नेपालमै पहिलो पटक उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई २२ हजार नगदको समेत घोषणा गरिएको छ । गायक कृष्ण केसीको यसअगाडि ‘आफ्नो मन, नजाउ टाढा, लुकीछुपी, कसले सुरुवात’ जस्ता गीत बजारमा आइसकेका छन् । भिडियोलाई केही रमाइलो र केही फरक सोचका साथ तयार पारिएको छ ।

भिडियो :

https://youtu.be/sif3Ztoz8Io?t=14

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ