सूर्य तिमिल्सिना । ५ हजार ४ सय मिटर उचाइमा रहेको विश्वकै अग्लो स्थानमा रहेको थोरङ्गला भन्ज्याङ ४८ दिनको लामो अन्तराल पछि खुलेको छ ।
करिब २ महिना सम्मको लगातार हिमपातका कारण बन्द रहेको अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जिल्लाको याक खर्क बाट मुक्तिनाथसम्म हिजोदेखि खुलेको हो । हिमपातका कारण बन्द भएको थोरङ्गलापासमा सोमबार २७ गते मात्र १० बिदेशी पर्यटकहरुले सफलतापूर्वक थोरङ्गला पास गरेका छन ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय मनाङ चेकपोष्टले सूचना प्रकाशित नै गरी थोरङ्गला पास खुलेको जानकारी गराएको थियो ।
मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार फागुन २६ गते मनाङ्गको याकखर्क बाट मुस्ताङ्गको मुक्तिनाथ सम्मको पदमार्ग खुलाउनको लागी मनाङ्गका १६ जना स्थानियबासीहरुको एक टिम याकखर्क बाट थोरङ्गलापास हुदै मुक्तिनाथसम्मको पैदल मार्ग खुलाउन लागि परेका थिए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाद्वारा धन्यवाद ज्ञापन
पैदलमार्ग खुलाउनको लागि लागि परेका मनाङका स्थानीयबासीको टिमलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले धन्यबाद ज्ञापन गरेको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. १ रानीपौवामा गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले लामो समय सम्म हिउँका कारण अबरुद्ध अन्नपूर्ण पैदलमार्ग खोलेर पर्यटन प्रबर्धनमा सहयोग पुर्याएको भन्दै खादा लगाएर सम्मान गरेका थिए ।

सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्