पोखरा । दि हिडेन ट्रेजरले आयोजना गर्दै आएको मिस नेपालको २५ औं संस्करणको तयारी तीब्र रुपमा अघि बढेको छ । यसका लागि आयोजक टोली देशका विभिन्न शहरहरुमा पुगेको छ । पोखरामा पनि चैत १ गते शुक्रबार अडिसन हुँदैछ । पोखरा सहित देशका विभिन्न ८ शहरबाट अडिसनमार्फत २५ औं मिस नेपालका सहभागीहरुलाई काठमाण्डौ लैजानेछ । आगामी वैशाख २६ गते काठमाण्डौमा ग्राण्ड फिनाले हुनेछ ।
पोखराको सेदी लेकसाइड स्थित वाटर फ्रन्ट रिसोर्टमा पूर्वान्ह ११ बजेबाट अडिसन सुरु हुनेछ । यस कार्यक्रमको लागि काठमाडौंबाट मिस नेपाल वल्र्ड २०१८ शृखंला खतिवडा, मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ, हिडेन ट्रेजरका डाइरेक्टर दिवाकर राजकर्णिकार पोखरा आइसकेका छन् । पोखराको बिग एफएम सहितका विभिन्न मिडियामार्फत अडिसन तयारीबारे अन्तर्वार्ता दिइरहेका छन् ।
मिस नेपालका विजयताहरुले विभिन्न अन्तराष्ट्रिय पेजेन्टहरु सहभागिता जनाउने अवसर पाउँछन् । उत्कृष्टमध्ये क्रमशः मिस वल्र्ड, मिस यूनिभर्स, मिस अर्थ, मिस इन्टरनेसनल, मिस सुप्रा नेसनलमा सहभागी जनाउने अवसर मिल्नेछ । अन्तर्राष्ट्रिय पेजेन्टहरुको माध्यमबाट नेपाललाई परिचित गराउँदै आएको छ । पछिल्लो समय मिस वल्र्डमा नेपाल सुन्दरी श्रृंखला खतिवडाको चर्चा असाध्यै चुलियो ।
पोखरा अडिसनको संयोजन जेसीआई पोखराबाट भइरहेको छ । मिस पोखराको आयोजक नै जेसिआई पोखरा हो । मिस पोखरा विजेताले मिस नेपालमा सिधै तालिम सत्रमा प्रवेश पाउनेछन् । सोहि अनुसार यस वर्ष मिस नेपाल २०१९ मा मिस पोखरा २०१८ को विजेता सारा बजिमयले भाग लिदैंछिन् । पोखरा अडिसन कार्यक्रमको संयोजक जेसीआई पोखराका कार्यकारीणि उपाध्यक्ष जेसी मोहन प्रसाद अधिकारीले गरेका छन् ।
https://www.facebook.com/bigfmpokhara/videos/2250018338585986/

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु